बढ्दै नेपालीहरु नर्थ केरोलाइनामा, धार्मिक सामाजिक र आर्थिक कारणले धेरैको रोजाई केरोलाइना ।

अमेरिकाका बिभिन्न राज्यहरुबाट बसाइँ सरेर नर्थ क्यारोलाइना आउने नेपालीहरुको संख्या दिनानुदिन बढिरहेको छ । बिभिन्न आर्थिक अवसर अनि काम पाइने संभावना, अनुकुल मौसम, ब्यापार ब्यवसायको लागि उपयुक्त स्थान जस्ता अन्य कारणले नेपालीहरु आकर्षित भएपनी धार्मिक र सामाजिक कृयाकलापहरुले असंख्य नेपालीहरुलाई अझ लोभ्याइरहेको छ नर्थ क्यारोलाइनाले । 
 
नर्थ क्यारोलाइनाको सबैभन्दा पुरानो नेपाली संस्था एन सि एन सि ले नियमित रुपमा आयोजना गर्ने धार्मिक सत्सगं र भजन कार्यक्रममा यहाँका बुवा–आमा, केटाकेटि लगायत वयस्कहरु उत्साहपुर्वक सहभागी हुन्छन् । आफ्नो देश भन्दा बाहिर बसेपछि माटोको मायाँ लाग्नु, संस्कृतिको मायाँ लाग्नु स्वाभाविक हो । मठ मन्दिरहरुको सम्झना आउनु स्वाभाविक हो तर विदेशी भूमीमा बसेर पनि धार्मिक स्वतन्त्रता उपभोग गर्दै यस्ता किसिमका धार्मिक कृयाकलापमा सहभागी हुन पाउनु गौरब र आनन्दको कुरा हो । 
 
कति नेपाली छन् नर्थ केरोलाइनामा?
 
नर्थ केरोलाइनामा १५ हजार भन्दा बढी नेपालीको बसोबास छ । सन् २०१२ यता नर्थ केरोलाइना बसाइँ सरेर आउने नेपाली हर दिन जसो बढ्दैछन् । यहाँका नेपालीहरु डाक्टर, इन्जिनियर, आइटि, होटल, रेस्टुरेन्ट जस्ता काम र व्यवसायमा रमेका छन् । पूर्वमा राली, डरम्, केरी, मोरिसभिल, एपेक्स्, होली स्प्रिगं जसता शहरमा नेपालीको बाक्लो बस्ति छ भने राज्यको मध्य भेगमा पर्ने ग्रिन्सबोरो र हाइपोइन्टमा यथेष्ट नेपाली काम र व्यापार व्यवसाय गरेर बसेका छन् । नर्थ केरोलाइनाको अर्को प्रख्यात शहर शार्लोट र वरपर अझ धेरै नेपाली बसोबास गर्छन् । शार्लोटका नेपालीहरुको अर्को विशेषता हो यहाँ प्राय जसो नेपाली गीत संगीत का कन्सर्ट र अरु थुप्रै नेपाली साँस्कृतिक कार्यक्रमहरु पनि भैरहन्छन् । नर्थ केरोलाइनाका प्राय नेपाली हप्तामा ५ या ६ दिन काम गर्छन्, बाँकी समय साथीभाई आफन्त र परिवारसँग बिताउँछन् । 
 
गर्मीयाममा आउटडोर पिकनिक, हाइकिगं जस्ता गतिविधिहरु हरेक हप्ता भैरहन्छन् । आसपासका भर्जिनियाँ, वेस्ट भर्जिनयिाँ जस्ता राज्यभन्दा तातो मौसम भएकाले पनि गर्मीयाम नर्थ केरोलाइनावासी बाहिर निस्कन र समय बिताउन उपयुक्त मान्छन् । खाना खाने ठाउँ, पिकनिक गर्ने स्थल जस्तै नर्थ केरोलाइनावासी नेपालीहरु धार्मिक पुजा आजा, सत्सगं र भजन किर्तनमा पनि उत्तिकै सहभागि हुन्छन् । 
 
राली एरियाका हिन्दु मन्दिर, बालाजी टेम्पल, ब्याप्स मन्दिर नेपालीहरुको नियमित प्रार्थनाका स्थानहरु हुन् ।

तपाईंको आवाजलाई विश्वसम्म पुर्याउने एउटा प्लेटफर्म

NepalTalks अमेरिकाबाट संचालित डिजिटल प्ल्याटफर्म हो । जसले अमेरिकामा रहेका नेपाली समुदायका कथा, अनुभव, र सफलतालाई विश्वमाझ पुर्याउँछ। हाम्रो उद्देश्य हो:

  • सांस्कृतिक प्रवर्द्धन: नेपाली भाषा, कला, र संस्कृति जोगाउने।
  • व्यवसाय प्रवर्द्धन: नेपाली व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने।
  • समुदाय निर्माण: नेपाली डायस्पोराका आवाज र अनुभवहरूलाई जोड्ने।

हामी अन्तर्वार्तापोडकास्टभिडियो स्टोरीज, र लेखहरू मार्फत तपाईंको व्यवसायलाई प्रवर्द्धन गर्न प्रतिबद्ध छौं। मन परेमा लाइक, सेयर, र सब्सक्राइब गर्न नबिर्सनुहोस्।

Scroll to Top