नेपाली रेस्टुरेन्ट व्यवसायी जोतेनले खुलेर आफ्नो कथा भने

ज्योति AKA जोतेन कँडेल टेक्सस्को केलरमा नेपाली र इन्डियन खानाको अरोमा बार एण्ड ग्रिल संचालन गर्छन् । उनी र उनका बिजनेस पार्टनरले संचालनमा ल्याएको यो रेस्टुरेन्टमा नेपाली, भारतिय, अमेरिकी र अन्य थुप्रै मुलका मानिसहरु खाना खान आउँछन् ।

नेपाली खाना, खाजा र नास्ताको साथमा इन्डियन खानाहरु पस्किने जोतेनको रेस्टुरेन्ट खानाको टिपिकल स्वाद, विशिष्ट कस्टमर सर्भिस् र राम्रो लोकेशनका लागि प्रख्यात बनिसकेको छ । संचालनमा ल्याएको एक वर्ष पनि नबित्दै जोतेन र उनका बिजनेश पार्टनर अर्को पनि रेस्टुरेन्ट खोल्ने सोचमा लागि सकेका छन् ।

के छ त जोतेनको सफलताको रहस्य? 

नेपालमा हस्पिटालिटी पढेर विभिन्न कलेजहरुमा समेत पढाइसकेका जोतेनले नेपाल भन्दा बाहिर नेपाली खानाको विशेषतालाई परिचित गराउनुपर्छ भन्ने भावले विदेश रोजे । लन्डनबाट हस्पिटालिटीमै मास्टर्स गरिसकेपछि उनी अमेरिका हान्निए । त्यसपछि उनले अमेरिकाकै ठूलो मध्येको एक होटलमा काम शुरु गरे । मास्टर्स सम्मको अध्ययन सक्याएका र क्युलिनेरी आर्टमा अब्बल जोतेनले अमेरिकाको होटलमा सर्भरको काम गर्न थाले । त्यसक्रममा उनले प्रख्यात अमेरिकी सेलेब्रिटिहरुलाई समेत सर्भ गर्ने मौका पाए ।

८ वर्ष कामको दौरानमा सिकेको अमेरिकी संस्कृति, खानाको परख र सर्भिस्को तरिकालाई गोजीमा बोकेर टेक्सस्को ड्यालस् क्षेत्रमा बस्न गए र साथीसँगको सहकार्यमा रेस्टुरेन्ट खोले । अरोमा बार एण्ड ग्रिल रेस्टुरेन्ट टेक्सस्को केलरमा अवस्थित छ ।

पढेर रेस्टुरेन्ट खोलेका औँलामा गन्न सकिने नेपालीहरुका माझमा आफूलाई उच्चस्थानमा राख्न सफल जोतेनको जीवनका अनौठा प्रसंग र सफलताको यात्रा यो पडकास्टमा सुन्न पाइन्छ ।

 नेपाल देखि लन्डन हुँदै अमेरिका सम्मको एउटा नेपाली युवाको हस्पिटालिटि यात्राले धेरै नेपाली अझ हस्पिटालिटी पढिरहेका थुप्रै नेपाली विध्यार्थीहरुलाई आँट हौसला र आशाको संचार गर्छ । यतिमै सिमित नरहिकन जोतेन नेपाललाई पनि केही फिर्ता गर्न चाहन्छन् । नेपालमा रहेका हस्पिटालिटि पढाउने स्कुल कलेजसँगको सहकार्यमा थप केही गर्ने र नेपाली श्रम, शक्ति र खानाको उच्चतम स्वादले विश्वलाई सिचिंत गराउने उद्देश्य उनले लिएका छन् । नेपाल टक्स्को यो अनलाइन पडकास्टमा अनन्त नेपालसँग कुरा गर्दै नेपाली रेस्टुरेन्ट व्यवसायी जोतेनले खुलेर आफ्नो कथा बोलेका छन् ।

नेपाल बस्ने र विदेश बस्ने गैर आवासिय नेपाली सबैका लागि यो पडकास्ट एउटा प्रेरणाको स्रोत बन्न सक्छ ।

aroma6
Aroma Grill & Bar

View Business

NepalTalks

तपाईंको आवाजलाई विश्वसम्म पुर्याउने एउटा प्लेटफर्म

NepalTalks एक अद्वितीय प्लेटफर्म हो, जसले अमेरिकामा रहेका नेपाली समुदायका कथा, अनुभव, र सफलतालाई विश्वमाझ पुर्याउँछ। हाम्रो उद्देश्य हो:

  • सांस्कृतिक प्रवर्द्धन: नेपाली भाषा, कला, र संस्कृति जोगाउने।
  • व्यवसाय प्रवर्द्धन: नेपाली व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने।
  • समुदाय निर्माण: नेपाली डायस्पोराका आवाज र अनुभवहरूलाई जोड्ने।

हामी अन्तर्वार्तापोडकास्टभिडियो स्टोरीज, र लेखहरू मार्फत तपाईंको व्यवसायलाई प्रवर्द्धन गर्न प्रतिबद्ध छौं।

Scroll to Top