चर्चा किन साइग्रेसको?

manoj nepal 1
मनोरथ नेपाल

View Profile

साइग्रेस् पोख्रेल अर्थात साइ बाबाको कृपा । काठमाण्डौ मै जन्मिएर हुर्केका उनका बाबु आमाले सानैमा नाम राखिदिए साइग्रेस । मिठो आवाजका धनि मात्रै नभएर मुख्यत प्रेरक वक्ता हुन् साइग्रेस, जसका लाखौँ फ्यानहरु छन । खासगरी युवायुवति माझ निकै लोकप्रिय छन् प्रेरक भनाइहरुबाट । करीब ९ बर्ष अघि स्टोरी टेलरका रुपमा उदाएका साइग्रेसलाई साथ दिँदै आएकी छिन् उनकी जीवन संगीनि सरिता अधिकारीले । कोभिड कालको लकडाउनका बेला उनले प्रश्तुत गरेका स्टोरी र वाचनकला पछि पोख्रेल धेरैको मन मस्तिष्कमा बस्न सफल भए । मुलधारका नेपाली मिडियाले पनि उनका प्रेरक भनाइ र अन्तरवार्ता प्रसारण गरेका छन् ।

अन्तरवार्ताका क्रममा उनले आफू बाल्यकालमा चन्चले र केही उग्र स्वभावको भएपनि युवावस्थामा प्रवेश गर्दै गर्दा उनीमा गाम्भिर्यताको विकास हुँदै गएको बताएका छन् । मानवीय गुण र विभिन्न स्वभावहरुलाई कथा मार्फत प्रस्तुत गर्दा देख्ने सुन्ने जो कोहिको पनि मन एकाग्र हुन्छ । विचलित मनलाइ जीवनको दर्शन सिकाउने उनको मूल मन्त्र भनेको जीवनमा जस्तोसुकै परिस्थिती आएपनि हार कहिल्यै खानु हुँदैन ।
पोख्रेल खासगरी मानविय मुल्यहरुसँग सम्बन्धित भनाइहरु पस्कन रुचाउँछन । हुन त उनमा हसाँउने कला पनि लुकेको छ । बेलाबखत उनी कथामा हास्यविधा पनि पोखिदिन्छन् । उनको सामाजिक सन्जाल फेसबुक रिल युटुबमा चर्चित भनाइहरु सुनेर युवायुवती मग्न हुन्छन् । एउटा फेसबुक रिलमा उनले भनेका छन् – ‘सफलता यस्तो मिलोस कि कुनै दिनमा हारे भने पनि जीत आफैँ आएर भनोस् माफ गर्नु ल, बाध्यता थियो‘ । त्यस्तै अर्को एउटा कन्टेन्टमा उनले वाचन गरेका छन् ‘बाहिरका शत्रुहरु भन्दा भित्रका आफन्तहरु खतरनाक हुन्छन् । मनको एउटा कुनामा बस्ने लोभ नामको भाई र मोह नामको बहिनीले प्रगती नामको दिदिलाई सधैं छेक्ने गर्छिन् । अर्को कुनामा बस्ने कलह नामको अंकल र अहंकार नामकी आन्टीले उन्नती नामको दाजुलाई सधैँ छेक्ने गर्छ । दया भाउजु र घृणा दाजुको किचकिच ले करुणा भतिजी कमजोर भईसकी ।’

साइग्रेस हाल डेनमार्कमा बस्छन् । उनी छिट्टै अमेरिका आउँदैछन् – अब सुन्छ अमेरिका नामको इभेन्टका लागि । नर्थ केरोलाइनाबाट शुरु गर्ने लक्ष्य राखिएको यो इभेन्टका ३० भन्दा बढी शो बुक भइसकेको इभेन्टका आयोजक फ्लाइ नेपाका विनोद अधिकारीले जानकारी दिएका छन् । फ्लाइ नेपाले यसअघि अमेरिकामा नै पहिलो पटक हास्य कलाकारहरुको टोली सहितको अब हाँस्छ अमेरिका, रचना रिमाल, शान्तिश्री परियार, ज्योती मगर, करिष्मा ढकाल लगायतका कलाकारहरुको अब नाच्छ अमेरिका जस्ता सर्वाधिक लोकप्रिय इभेन्ट सफलतापूर्वक आयोजना गरेर अमेरिकावासी नेपालीलाई नेपाली कला र सँस्कृतिको अनुपम स्वाद चखाइसकेको छ । नेपाल टक्स् सँगको कुराकानीमा आयोजक अधिकारीले भने– धेरै नेपालीहरुको ढुकढुकिमा बस्न सफल साइग्रेसको प्रस्तुती आम युवायुवतीहरुका लागि प्रेरणा र रोमाञ्चकताको अनुभुति दिन कोशेढुंगा सावित हुनेमा हामी ढुक्क छौँ ।

Mentioned in this Article

Namaste Dine In

Fly Nepa Travels & Tours

New York, NY, United States

तपाईंको आवाजलाई विश्वसम्म पुर्याउने एउटा प्लेटफर्म

NepalTalks अमेरिकाबाट संचालित डिजिटल प्ल्याटफर्म हो । जसले अमेरिकामा रहेका नेपाली समुदायका कथा, अनुभव, र सफलतालाई विश्वमाझ पुर्याउँछ। हाम्रो उद्देश्य हो:

  • सांस्कृतिक प्रवर्द्धन: नेपाली भाषा, कला, र संस्कृति जोगाउने।
  • व्यवसाय प्रवर्द्धन: नेपाली व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने।
  • समुदाय निर्माण: नेपाली डायस्पोराका आवाज र अनुभवहरूलाई जोड्ने।

हामी अन्तर्वार्तापोडकास्टभिडियो स्टोरीज, र लेखहरू मार्फत तपाईंको व्यवसायलाई प्रवर्द्धन गर्न प्रतिबद्ध छौं। मन परेमा लाइक, सेयर, र सब्सक्राइब गर्न नबिर्सनुहोस्।

Scroll to Top