
Ananta Nepal
View Profile
नेपालटक्सको यस एपिसोडमा, हाम्रो होस्ट अनन्त नेपालले क्यारी, नर्थ क्यारोलिनामा रहेको “नेपाल हाउस” रेस्टुरेन्ट सञ्चालिका सारदा घिमिरेसँग कुराकानी गर्नुभएको छ। यस एपिसोडमा, सारदा घिमिरेले अनन्त नेपाललाई मोमो कसरी पकाउने भन्ने देखाउनुहुन्छ र उत्तम तरिकाले मोमो बनाउनका लागि केही सुझाव दिनुहुन्छ।
हाम्रो होस्ट अनन्त नेपालले उनको हातबाट बनाइएको स्वादिष्ट मोमो पनि चाख्ने अवसर पाउनुहुन्छ।
सारदा घिमिरेले ग्राहकहरू किन बारम्बार फर्केर आउने गर्छन् भन्ने आफ्ना अनुभवहरू पनि शेयर गर्नुहुन्छ।
मोमो, गफगाफ, र स्वादको मजा लिन यस Vlog लाई नछुटाउनुहोस्! 🎥🥟🔥
तपाईंको आवाजलाई विश्वसम्म पुर्याउने एउटा प्लेटफर्म
NepalTalks अमेरिकाबाट संचालित डिजिटल प्ल्याटफर्म हो । जसले अमेरिकामा रहेका नेपाली समुदायका कथा, अनुभव, र सफलतालाई विश्वमाझ पुर्याउँछ। हाम्रो उद्देश्य हो:
- सांस्कृतिक प्रवर्द्धन: नेपाली भाषा, कला, र संस्कृति जोगाउने।
- व्यवसाय प्रवर्द्धन: नेपाली व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने।
- समुदाय निर्माण: नेपाली डायस्पोराका आवाज र अनुभवहरूलाई जोड्ने।
हामी अन्तर्वार्ता, पोडकास्ट, भिडियो स्टोरीज, र लेखहरू मार्फत तपाईंको व्यवसायलाई प्रवर्द्धन गर्न प्रतिबद्ध छौं। मन परेमा लाइक, सेयर, र सब्सक्राइब गर्न नबिर्सनुहोस्।