
Nepal Media Group
Aug 1,2025
नेपाल, होन्डुरस र निकारागुवाको टिपिएस खारेजी रोकिएको छ । अर्थात अब टिपिएस बाहक ७ हजार भन्दा बढी नेपाली, ५१ हजार होन्डुरन्स् र ३ हजार निकारागुअन्स्को टिपिएस तत्कालका लागि खारेज नहुने भएको छ । क्यालिफोर्नियाबाट एक संघिय न्यायाधिशले टिपिएस अन्त्य गर्ने ट्रम्प प्रशासनको निर्णय विरुद्ध परेको मुद्दाको प्रारम्भिक सुनुवाइबाट यो आदेश दिएकी हुन् । न्याशनल टिपिएस अलाएन्स झर्सेस डिएचएस सेक्रेटेरी त्रिस्टि नोमको यो मुद्दामा सान फ्रान्सिसकोबाट जिल्ला न्यायाधिश ट्रिना एल थम्पसनद्वारा जारी यो आदेशमा भनिएको छ मुद्दा दायर गर्ने पक्षले, टिपिएस अन्त्य गर्ने सरकारको निर्णय जातिय आधारमा तय भएको र गैरकानुनी रहेको प्रमाण पेश गरेका छन् । उनले भनेकी छिन् छालाको रगं न त विष हो न कुनै अपराध नै ।
आदेश लगत्तै न्याशनल टिपिएस अलाएन्सले एक प्रेस मिट गर्दै सम्बन्धित र सहयोगी सबैमा धन्यवाद भनेको छ । प्रेस मिटका क्रममा अलाएन्सका तर्फबाट वकालत गर्ने वकिल अहिलान अरुलानन्थम्ले ३० पन्नाको यो अदालती निर्णय न्याशनल टिपिएस अलाएन्स र नेपाली टिपिएसबाहक संस्थाका सदस्य मात्र नभै नेपाल, होन्डुरस र निकारागुवाका अमेरिकास्थित सम्पूर्ण टिपिएसबाहकका लागि लागु हुने बताए । मुद्दामा वादी रहेकी नेपाली सन्ध्या लामाले अदालतको यो निर्णय आफु र विशेष मेडिकल सपोर्ट आवश्यक रहेको आफ्नी छोरीका लागि ठूलो जीत भएको बताइन् । नेपाली टिपिएसबाहकहरुको संस्था युनाइटेड फर टिपिएस नेपाल युटिपिएसएनका अनिल शाहीले अदालतको यो निर्णयले आगामी नोभेम्बरको मुख्य सुनुवाइमा पनि टिपिएसबाहककै पक्षमा निर्णय आउने आशा बढेर गएको बताएका छन् । नोभेम्बर १८ मा यो मुद्दाको मुख्य सुनुवाइ तोकिएको छ । नेपालको टिपिएस, ट्रम्प प्रशासनको निर्णय अनुसार यही अगस्टको ५ मा सकिने थियो भने होन्डुरस र निकारागुवाका लागि सेप्टेम्बर आठमा सिद्धिने थियो ।
निष्कर्ष
२०२५ मा अमेरिकी जनमतमा आप्रवासनप्रति ऐतिहासिक सहिष्णुता र सकारात्मकता देखिएको छ। राष्ट्रपति ट्रम्पको कडा नीतिका बाबजुद बहुसंख्यक जनताले आप्रवासनलाई “देशका लागि राम्रो” मानेका छन्। सामूहिक निर्वासन र सिमाना पर्खाल जस्ता कठोर उपायहरूको समर्थन घटेको छ, जबकि नागरिकताको बाटो, समावेशी नीति र उदार दृष्टिकोणलाई ऐतिहासिक समर्थन प्राप्त भइरहेको छ।
स्रोत श्रेय: Gallup, USA TODAY, Reuters/Ipsos, CBS News।
तपाईंको आवाजलाई विश्वसम्म पुर्याउने एउटा प्लेटफर्म
NepalTalks अमेरिकाबाट संचालित डिजिटल प्ल्याटफर्म हो । जसले अमेरिकामा रहेका नेपाली समुदायका कथा, अनुभव, र सफलतालाई विश्वमाझ पुर्याउँछ। हाम्रो उद्देश्य हो:
- सांस्कृतिक प्रवर्द्धन: नेपाली भाषा, कला, र संस्कृति जोगाउने।
- व्यवसाय प्रवर्द्धन: नेपाली व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने।
- समुदाय निर्माण: नेपाली डायस्पोराका आवाज र अनुभवहरूलाई जोड्ने।
हामी अन्तर्वार्ता, पोडकास्ट, भिडियो स्टोरीज, र लेखहरू मार्फत तपाईंको व्यवसायलाई प्रवर्द्धन गर्न प्रतिबद्ध छौं। मन परेमा लाइक, सेयर, र सब्सक्राइब गर्न नबिर्सनुहोस्।