
Nepal Media Group
Aug 1,2025
क्यानडाको नयाँ अनुहार मार्क कार्नीः अमेरिका नजिकको छायाबाट विश्वव्यापी पहिचानतर्फ
आज हामी चर्चा गर्दैछौँ—मार्क कार्नी। क्यानडाको प्रधानमन्त्री, जो अहिले विश्व राजनीतिमा चासो र चर्चाको केन्द्र बनेका छन्। उनले अमेरिकाको छायाबाट मुक्त हुँदै, क्यानडालाई अन्तर्राष्ट्रिय रूपमा नयाँ पहिचान दिन थालेका छन्।
मार्क कार्नीः बैंकदेखि प्रधानमन्त्रीसम्म
मार्क कार्नीको जन्म सन् १९६५ मा क्यानडाको NorthWest Territories को Fort Smithमा भएको हो। Harvard र Oxford जस्ता प्रतिष्ठित विश्वविद्यालयबाट अर्थशास्त्र पढेका कार्नीले सुरुमा अन्तर्राष्ट्रिय बैंकिङ कम्पनी Goldman Sachs का लागि Boston, London, New York, Tokyo, Toronto बसेर काम गरे। त्यहाँ झन्डै १३ वर्ष बिताएपछि उनले सार्वजनिक सेवातर्फ कदम बढाए।
त्यसपछि Bank of Canadaमा डेप्युटि गभर्नरका रुपमा प्रवेश गरेका कार्नी २००८ मा पूर्ण गभर्नर भए । यही भूमिकामा रहँदा उनले विश्वव्यापी वित्तीय बाट क्यानडालाई कुशल रुपमा सम्हालेको भनेर खुब प्रशंसा पाए । त्यसपछि उनलाई बेलायतले पनि बोलायो, जहाँ उनी सन् २०१३ देखि २०२० सम्म Bank of England का पहिलो विदेशी गभर्नर भए। Brexit र कोभिड–१९ महामारीका बेला बेलायती अर्थतन्त्रलाई सही दिशामा राख्न सफल भएका कार्नीको नाम, वित्तीय विश्वमा विश्वासको प्रतीक जस्तै बनेको थियो।
२०२० सालतिर क्यानडामा कोरोना महामारीको संकट गहिरिँदै जाँदा प्रधानमन्त्री जस्टिन ट्रुडोले सरकारको आर्थिक रणनीति निर्माणमा केही अनुभवी सल्लाहकारहरूसँग परामर्श लिन थाले। तीमध्ये एक थिए मार्क कार्नी—विश्वव्यापी वित्तीय क्षेत्रमा स्थापित नाम, बेलायत र क्यानडाका पूर्व केन्द्रीय बैंक गभर्नर।
कार्नी कुनै औपचारिक पदमा थिएनन्, तर महामारीले निम्त्याएको आर्थिक मन्दीबाट मुलुकलाई कसरी निकाल्ने भन्नेबारे ट्रुडोले नियमित रूपमा उनको सल्लाह लिएका थिए। सरकारको आर्थिक पुनरुत्थान योजनामा उनले सक्रिय भूमिका खेलेको बताइन्छ।
त्यहीबेला राजनीतिक वृत्तमा एउटा अनुमान गहिरिँदै गयो—के कार्नी अब प्रत्यक्ष राजनीतिमा आउँछन्? कतिपयले त उनलाई तत्कालीन अर्थमन्त्रीको सम्भावित उत्तराधिकारी मात्रै होइन, ट्रुडोले पद छाडेपछि प्रधानमन्त्री बन्न सक्ने भावी अनुहारका रूपमा समेत हेर्न थाले।
यसरी महामारीको छायाँमा कार्नी, जो त्यसबेला कुनै निर्वाचित पदमा थिएनन्, क्यानडाको शक्तिकेन्द्रको वरिपरि फेरि एकपटक देखा परे।
राजनीतिक प्रवेशः फरक शैलीको नेता
सन् २०२५ को सुरुतिर उनी सक्रिय राजनीतिमा प्रवेश गरे। क्यानडाको लिबरल पार्टीमा उनको लोकप्रियता ह्वात्तै बढ्यो। केही महिनाभित्रै पार्टीको नेता चुनिए, र मार्चमै प्रधानमन्त्री बने। अप्रिलमा भएको आम चुनावमा उनी आफ्नो निर्वाचन क्षेत्रमा भारी मतका साथ निर्वाचित भए र अहिले अल्पमत सरकार चलाउँदैछन्।
Justin ट्रुडो जस्ता Charismatic नेताको ठाउँ लिएका Carney कुनै राजनीतिक Showman होइनन्। उनी TechnoCrat हुन्—भावनामा भन्दा तथ्यमा विश्वास राख्ने नेता। उनले ट्रुडोले ल्याएका विवादास्पद करहरू घटाए, जलवायु परिवर्तन नियन्त्रण गर्न कार्बन करभन्दा पनि स्पष्ट योजना भएको आर्थिक नीतिमा जोड दिए, र आप्रवासनको संख्या केही कम गरेर व्यवस्थित बनाए।
कार्नीको अन्तर्राष्ट्रिय दृष्टिकोण
Mark Carney प्रधानमन्त्री भएपछि क्यानडाको अन्तर्राष्ट्रिय कूटनीतिमा एउटा नयाँ अध्याय सुरु भयो। अमेरिकासँग खासगरी ट्रम्प प्रशासनसँग तनाव बढिरहेका बेला उनले ‘शान्त तर स्पष्ट’ नीतिमा विश्वास गरे। उनी खुलेर टकराव गर्दैनन्, तर अमेरिकी दबाबप्रति स्वतन्त्र र स्पष्ट जवाफ दिन पछि पर्दैनन्।
सन् २०२५ मा भएको G7 सम्मेलनमा उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटघाट गरे। सन् २०२३मा क्यानडाको ब्रिटिश कोलम्बियामा शिख पृथकतावादी नेता हरदिप सिंह निज्जरको हत्या भएपछि बढेको क्यानडा र भारतको तनाव साम्य पार्दै भारतसँग नयाँ कूटनीतिक कदम चालिसकेका छन्। भारतमा नयाँ क्यानडेली वाणिज्य दूत नियुक्त गरेर सम्बन्ध पुनः स्थापित गरेका छन्। क्यानडाले सो हत्यामा भारत सरकारको हात रहेको आरोप लगाउँदै आएको थियो
प्यालेस्टाइन विवादमा नयाँ अडान
कार्नीको नेतृत्वमा क्यानडाले अन्तर्राष्ट्रिय जगतमा स्पष्ट र दृढ नीति अपनाएको छ। उनले भर्खरै मात्र प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रका रूपमा सर्तसहित मान्यता दिने घोषणा गरे। यसका लागि प्यालेस्टाइनमा सन् २०२६ सम्म लोकतान्त्रिक निर्वाचन हुनुपर्ने र हमास पार्टीले कुनै भूमिका नपाउने शर्त राखिएको छ। यो नीति अमेरिकाको परम्परागत इजरेल –समर्थक अडानबाट निकै फरक हो, जसलाई इजरायल र अमेरिकाले कडा शब्दमा अस्वीकार गरिसकेका छन्। प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रका रुपमा मान्यता प्रदान गर्ने राष्ट्रहरुको सूचिमा मेक्सिको, आयरल्याण्ड, स्पेन, नर्वे जस्ता राष्ट्र छन् भने फ्रान्स र बेलायतले क्यानडाले जस्तै मान्यता प्रदान गर्ने इच्छा जाहेर गरिसकेका छन् ।
व्यापारको नयाँ बाटोः
अमेरिकाबाट दूरी
ट्रम्प प्रशासनले क्यानडाबाट अमेरिका निर्यात हुने वस्तुमा भारी कर (ट्यारिफ) बढाएको प्रतिक्रियामा कार्नीले क्यानडा–मेक्सिको व्यापार सम्बन्ध अझ बलियो बनाउन थालेका छन्। यसबाट उनी अमेरिकासँगको व्यापारमा पूर्ण निर्भरता कम गर्दै नयाँ आर्थिक साझेदारी खोजिरहेका छन्।
कार्नीको क्यानडा अब अमेरिकाको आडमा मात्रै उभिने छैन, बरु संसारकै ‘सफ्ट–पावर’ अर्थात् शान्त र आर्थिक प्रभाव भएको देशको रूपमा देखिन चाहन्छ।
कार्नीको क्यानडा
भविष्यको परिकल्पना
मार्क कार्नीको क्यानडा कुनै सैन्य शक्ति बन्न चाहँदैन। तर, उनी आर्थिक स्थिरता, शान्त कूटनीति र नैतिक स्पष्टतामा आधारित शक्तिशाली देश बनाउन चाहन्छन्। आजको बढ्दो विवाद, युद्ध र आर्थिक अस्थिरताबीच कार्नीले आफ्नो देशलाई ‘शान्त, स्वतन्त्र र आर्थिक रूपमा प्रभावशाली’ मुलुक बनाउन थालेका छन्।
यो हो क्यानडाको नयाँ राजनीतिक यात्रा—मार्क कार्नीको नेतृत्वमा।
यो यात्रा कसरी अघि बढ्छ, त्यसको असर संसारले कसरी बुझ्छ—त्यो हामी हेर्दै जानेछौँ।
तपाईंको आवाजलाई विश्वसम्म पुर्याउने एउटा प्लेटफर्म
NepalTalks अमेरिकाबाट संचालित डिजिटल प्ल्याटफर्म हो । जसले अमेरिकामा रहेका नेपाली समुदायका कथा, अनुभव, र सफलतालाई विश्वमाझ पुर्याउँछ। हाम्रो उद्देश्य हो:
- सांस्कृतिक प्रवर्द्धन: नेपाली भाषा, कला, र संस्कृति जोगाउने।
- व्यवसाय प्रवर्द्धन: नेपाली व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने।
- समुदाय निर्माण: नेपाली डायस्पोराका आवाज र अनुभवहरूलाई जोड्ने।
हामी अन्तर्वार्ता, पोडकास्ट, भिडियो स्टोरीज, र लेखहरू मार्फत तपाईंको व्यवसायलाई प्रवर्द्धन गर्न प्रतिबद्ध छौं। मन परेमा लाइक, सेयर, र सब्सक्राइब गर्न नबिर्सनुहोस्।