अमेरिकामा बढ्दो स्क्यामको लहर: अब सचेत बन्ने बेला

fea9cf17-8663-4354-9ca0-90a64ac44147 (1)
Ananta Nepal

View Profile

नेपालटक्सको नयाँ भिडियो एपिसोडमा, हामी हाल अमेरिकामा व्यापक रूपमा फैलिरहेको टेक्स्ट, इमेल, र स्क्यामहरूको बारेमा चर्चा गर्छौं। USPS वा UPS डेलिभरी रोकिएको, अमेजन वा Paypal भुक्तानी पेंडिङ भएको, टोल शुल्क नतिरेको, वा Coinbase अकाउन्टमा समस्या आएको भन्ने नक्कली म्यासेजहरू तपाईंले पनि पक्कै पाउनुभएको होला। यी सबै स्क्यामहरू हुन्, जसले तपाईंको व्यक्तिगत तथा बैंकिङ जानकारी चोर्न सक्छन्।

स्क्यामका पछाडि के छ?

FTC (Federal Trade Commission) अनुसार, २०२४ मा अमेरिकनहरूले स्क्यामहरूमा परी १६.६ अर्ब डलर गुमाएका छन्, जुन २०२३ को तुलनामा २.५ अर्ब बढी हो। त्यसमध्ये सिर्फ टेक्स्ट म्यासेज स्क्यामहरू बाट मात्रै ४७० मिलियन डलरको नोक्सानी भएको छ।

स्क्यामरहरू अहिले निकै चलाख़ भएका छन्। उनीहरू सरकारी संस्था, बैंक, वा नाम चलेका कम्पनीहरूको लोगो र भाषा प्रयोग गर्छन्, ताकि उनीहरूका सन्देशहरू वास्तविक लागून्। त्यसपछि, ती लिंकहरूमा क्लिक गर्न लगाएर तपाईंको पर्सनल र बैंक विवरण चोरी गर्छन्।

अहिले चलिरहेका सामान्य स्क्यामहरू

  • डेलिभरी होल्ड स्क्याम: USPS, UPS वा अमेजनको डेलिभरी होल्डमा रहेको भन्दै लिंक क्लिक गर्न लगाउने।

  • टोल फी स्क्याम: टोल शुल्क बाँकी रहेको भनेर तुरुन्त तिर्न दबाब दिने म्यासेज।

  • Coinbase र Paypal स्क्याम: अकाउन्टमा समस्या आएको भन्दै लगइन लिंक दिने, जुन फेक वेबसाइट हो।

  • फ्रड अलर्ट स्क्याम: तपाईंको बैंक वा अन्य डिजिटल सेवा कम्पनीको नाममा फ्रड अलर्ट पठाउने।

सुरक्षित रहने उपायहरू

  • लिंकमा क्लिक नगर्नुहोस्: अनपेक्षित म्यासेज वा इमेलमा आएको लिंकमा कहिल्यै क्लिक नगर्नुहोस्।

  • कम्पनीको आधिकारिक वेबसाइट वा नम्बर प्रयोग गर्नुहोस्: जानकारी पक्का गर्नको लागि सिधा कम्पनीमा सम्पर्क गर्नुहोस्।

  • दुई-स्तरीय सुरक्षा (2FA) अन गर्नुहोस्: तपाईंको डिजिटल खाताहरूलाई थप सुरक्षित बनाउनुहोस्।

  • शंकास्पद म्यासेज रिपोर्ट गर्नुहोस्:

    • स्प्याम टेक्स्टहरू 7726 मा पठाउनुहोस्।

    • identitytheft.gov

    • फिशिङ इमेलहरू reportphishing@apwg.org मा पठाउनुहोस्।

    • ReportFraud.ftc.gov मा स्क्याम रिपोर्ट गर्नुहोस्।

समुदायलाई सशक्त बनाउने

नेपालटक्समा, हामी विश्वास गर्छौं कि यस्तो जानकारी हाम्रा समुदायका सदस्यहरूका लागि सजग र सशक्त बन्ने माध्यम हो। तपाईं आफैं मात्र होइन, तपाईंका परिवार, साथी र प्रवासी नेपाली समुदायलाई पनि सुरक्षित राख्न यो भिडियो हेर्न र साझा गर्न आग्रह गर्छौं।

पूरा भिडियो हेर्नुहोस्, चेतना फैलाउनुहोस्, र प्रवासी नेपाली समुदायलाई सुरक्षित राख्नुहोस्।

 

तपाईंको आवाजलाई विश्वसम्म पुर्याउने एउटा प्लेटफर्म

NepalTalks अमेरिकाबाट संचालित डिजिटल प्ल्याटफर्म हो । जसले अमेरिकामा रहेका नेपाली समुदायका कथा, अनुभव, र सफलतालाई विश्वमाझ पुर्याउँछ। हाम्रो उद्देश्य हो:

  • सांस्कृतिक प्रवर्द्धन: नेपाली भाषा, कला, र संस्कृति जोगाउने।
  • व्यवसाय प्रवर्द्धन: नेपाली व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने।
  • समुदाय निर्माण: नेपाली डायस्पोराका आवाज र अनुभवहरूलाई जोड्ने।

हामी अन्तर्वार्तापोडकास्टभिडियो स्टोरीज, र लेखहरू मार्फत तपाईंको व्यवसायलाई प्रवर्द्धन गर्न प्रतिबद्ध छौं। मन परेमा लाइक, सेयर, र सब्सक्राइब गर्न नबिर्सनुहोस्।

Scroll to Top