अमेरिकी कम्पनिको सातो खाइदिने चाइनिज AI

manoj nepal 1
मनोरथ नेपाल

View Profile

आर्टिफिसियल इन्टेलिजेन्स् अर्थात ए आइ का लागी नम्बर १ मानिएको अमेरिका र अमेरिकी कम्पनिहरुका अगाडी ठुलो चुनौती बनेर अगाडी भएको छ डिप सिक ए आइ ।

डिप सिक ए आइ एउटा चाइनिज एआइ टुल हो जसको लागत जम्मा साठी लाख डलर रहेको छ । यसको तुलनामा अमेरिकि कम्पनी ओपन ए आइ ले बनाएको च्याट जि पि टिको पछिल्लो भर्सन बनाउनकै लागि १०० मिलियन डलर खर्च लागेको ओपन एआइका सिइओ स्याम अल्टमनले बताएका छन् । र यसलाई निरन्तर जिवित राख्नका लागि दैनिक ७ लाख डलर खर्च हुने रिपोर्टहरु छन् । यसको अर्थ के हो भने १० दिन मात्रै ओपन ए आइ को च्याट जि पि टि उपलब्ध गराउने पैसाले एउटा ओपन सोर्स र सबैले सित्तैँमा प्रयोग गर्न मिल्ने ए आइ टुल डिभेलप गरेको छ चाइना ले ।

डिपसिकको च्याट फिचरमा च्याट जि पि टि नै जस्तै कन्भर्सेशनल भाषामा कुरा गर्न मिल्छ र यसले ए आइ ले गर्ने सबै काम गर्न सक्छ । डिपसिक च्याट जि पि टि को सबैभन्दा ठुलो प्रतिस्पर्धी बनेर बजारमा आएको छ । २०२५को ज्यानुअरिमा डिपसिक लन्च भए लगत्तै अमेरिकाका एप स्टोरहरुमा सबै भन्दा धेरै डाउनलोड गरिने फ्री एप्लिकेसनको सबै भन्दा पहिलो नम्बरको सूचिमा परेको छ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले यो समाचार प्रकाशित भएपछि यसको लोकप्रियता देखेर भनेका छन् कि यो अमेरिकी ए आइ कम्पनीहरुका लागि वेकअप कल हो ।

अब अमेरिकी कम्पनिहरु जसले एआइको विकासका लागि भनेर अरबौँ डलर खर्च गरिरहेका छन् र त्यहि अनुपातमा बजेट पनि छुट्याइरहेका छन्, उनीहरुको लागि सस्तोमा पनि एआइको पूर्ण मोडल बनाउन सकिने रहेछ भन्ने रियलाइजेशनले हलचल ल्यादिएको छ । अमेरिकी कम्पनि एनभिडियाले सेमिकन्डक्टर चिप्सहरु बनाउँछ । यो अमेरिकाको सब भन्दा ठूलो चिप्स कम्पनि हो जसका शक्तिशाली चिप्सहरु एआइको विकासका लागि प्रयोग हुन्छन् । ठूलो माक्रामा अत्याधिक शत्तिका चिप्सहरुबिना एआइको विकास र निरन्तरता असंभव छ भन्ने सोचमा अन्तर ल्याइदिएको छ डिपसिकले ।

डिपसिकका निर्माता चिनियाँ नागरिक लियागं वेगंफेगंले सार्वजनिकरुपमा पैसा उठाएर (हेज फन्ड) जम्मा ६ मिलियन डलरमा बनाएर विश्वलाई सित्तैँमा प्रदान गरिदिएको यो एआइ बम्पर उपहार दुरदराजमा बसोबास गर्ने र आर्थिक रुपमा सबल नभएकाका लागि पनि प्रयोग गर्न सकिने पहिलो एआइ प्रविधि बनेको छ । त्यस्तै यो टुललाई प्रयोग गरेर बिना खर्च विभिन्न एप्लिकेशनको निर्माण गर्न सहज भएको छ ।

डिपसिकको विस्तार अब साना व्यापार व्यवसाय, विकासोन्मुख मुलुक आदिमा हुने अपेक्षा गरिएको छ । यसले एआइको साम्राज्यमा एक्लो खेलाडी अमेरिकाको समानान्तर कुद्ने छ चाइना । चिनियाँ राष्ट्रपतिले चीनको पहिलो प्राथमिकता एआइ भएको बताइसकेको विश्व सन्दर्भमा अब प्रयोगकर्ताहरुका लागि अर्को एउटा टुल मात्र थपिएको छैन, प्रतिस्पर्धाले जन्माउने अनेक नयाँ प्रविधिको अनुभव र प्रयोग गर्न सहज वातावरण पनि बनाइदिएको छ ।

तपाईंको आवाजलाई विश्वसम्म पुर्याउने एउटा प्लेटफर्म

NepalTalks अमेरिकाबाट संचालित डिजिटल प्ल्याटफर्म हो । जसले अमेरिकामा रहेका नेपाली समुदायका कथा, अनुभव, र सफलतालाई विश्वमाझ पुर्याउँछ। हाम्रो उद्देश्य हो:

  • सांस्कृतिक प्रवर्द्धन: नेपाली भाषा, कला, र संस्कृति जोगाउने।
  • व्यवसाय प्रवर्द्धन: नेपाली व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने।
  • समुदाय निर्माण: नेपाली डायस्पोराका आवाज र अनुभवहरूलाई जोड्ने।

हामी अन्तर्वार्तापोडकास्टभिडियो स्टोरीज, र लेखहरू मार्फत तपाईंको व्यवसायलाई प्रवर्द्धन गर्न प्रतिबद्ध छौं। मन परेमा लाइक, सेयर, र सब्सक्राइब गर्न नबिर्सनुहोस्।

Scroll to Top