डोनाल्ड ट्रम्प र इलन मस्कको प्रेम र युद्धको कथा

nepal (2)
Nepal Media Group
May 8,2025

अमेरिकाका राष्ट्रपति र संसारकै सबैभन्दा धनी व्यक्ति एलन मस्कको बीचमा गाली गलौज र झगडा सुरु भएको छ –

कृपया यो भिडियो अन्तिमसम्म हेर्नुहोस् – किनकि यसपछि तपाईंलाई अमेरिकी राजनीति, अरबपति ब्यापारीहरू, र आम जनताको भविष्य एक अर्कासँग कति गाँसिएको छ भन्ने कुरा प्रस्ट हुनेछ। 

यो कथा हो “डोनाल्ड ट्रम्प र एलन मस्कको ब्रोम्यान्स र ब्रेकअपको”

यो कहानी सुरु हुन्छ जुलाई २०२४ बाट – जुन बेला डोनाल्ड ट्रम्प माथि ज्यान मार्ने प्रयास हुन्छ अमेरिकी राज्य पेनसिल्भेनियामा। ट्रम्प एक र्यालीमा बटलर, पेनसिल्भेनियामा हत्या प्रयासबाट जोगिन्छन् । डोनाल्ड ट्रम्प स्टेजबाट हटाइन्छन् — घाइते तर जीवित। विश्व स्तब्ध हुन्छ। त्यसकै केही सेकेन्डपछि एलन मस्क — विश्वकै सबैभन्दा धनी व्यक्ति र प्रविधि उद्यमीले — एउटा ट्विट पठाउँछन् जसले निर्वाचनको धार नै मोडिदिन्छ: 

मस्क तुरुन्तै ट्रम्पलाई राष्ट्रपति पदको लागि समर्थन गर्छन् र २५० मिलियन डलरभन्दा बढी दिने प्रतिज्ञा गर्छन्। त्यसपछि त डोनाल्ड ट्रम्पलाई राष्ट्रपति पद जिताउन उनले अनेक गरे.. स्टेजमा नाchenan कि पैसा बाँdenan…. डोनाल्ड ट्रम्पको विचार र अमेरिका फर्स्ट दृष्टिकोणले एलन मस्कलाई यति तान्यो कि उनले करिब ३०० मिलियन डलर नै खर्च गरेको कुरा खुलासा गरे…

“मैले एलनलाई आफ्नो दोस्त मानेको थिएँ, तर उसले मेरो पछि छुरा घोप्यो।” — डोनाल्ड ट्रम्प

अब हामी चाहिँ जाउँ पुराना दिन हरुमा । एक एक गरि, टाइमलाइनमा के के भयो । तेसपछि के के भयो भनेर यो भिडियोमा म तपाइँहरुलाई जानकारी दिने प्रयास गर्नेछु । 

अगस्ट १२, २०२४ मा एक्समा लाइभ इन्टरभ्यू होस्ट गरेर १.३ million मानिसलाई आफ्ना विचार राख्दै डोनाल्ड ट्रम्पले एक्समा आफू फिर्ता आएको जानकारी दिनए । प्राविधिक चुनौतीहरुका बावजुद धेरै नै लोकप्रिय भएको त्यो अन्तरवार्ताले धेरै अमेरिकन जनताको मन जित्न सफल भए डोनल्ड ट्रम्प ।  

सेप्टेम्बर ३, २०२४: ट्रम्पले, नोभेम्बर चुनाव जितेमा मस्कको नेतृत्वमा सरकारी दक्षता आयोग गठन गर्ने योजना घोषणा गर्छन्। अब वास्तविक खेल यहिँबाट शुरु भयो । किनभने अब एलन मस्क आधिकारिक रुपमा सरकारमा उत्रिने निधो भयो । 

 तपाइँलाई म एकछिनमा भन्छु कि किन र केका लागि यो आयोग बनाइएको थियो भनेर.. 

अक्टोबर ५ को दिन मस्क उफ्रिँदै डोनाल्ड ट्रम्पको र्यालीमा मन्च चढे ,  त्यही ठाउँमा जहाँ डोनाल्ड ट्रम्पलाई गोली चलाइएको थियो.. अब त दुई जनाको ब्रोम्यान्स अझै गाढा हुँदै गएको देख्न सकिन्थ्यो..

“मस्क चुनावी अभियानको मुख्य अनुहार बन्छन्। स्विङ राज्यहरूमा लाखौँ डलर बाँड्छन्, मतदाताहरूलाई दर्ता गराउन आह्वान गर्छन्, र चेतावनी दिन्छन्: ‘If they don’t, this will be the last election.’”

त्यसपछि नोभेम्बर १२ को दिनमा विवेक रामास्वामी र एलन मस्कलाई लिएर ट्रम्पले आधिकारिक रूपमा नयाँ डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसिएन्सी (“DOGE”) को अवधारणा सार्वजनिक गर्छन्, जसको उद्देश्य संघीय खर्च र नियमहरू कटौती गर्नु हो। यसको मूल उद्देश्य थियो कि अमेरिकाको वाहीयात खर्च रोक्ने अनि अमेरिकाको ऋणलाई कम गर्ने.. अमेरिकालाई एउटा नयाँ दिशा तर्फ लैजाने… अमेरिकाको ऋणको बारेमा म एकछिनमा अलिकति एक्सप्लेन गर्दै छु हेर्दै जानु होला…

अब जनवरी २० मा डोनाल्ड ट्रम्प राष्ट्रपति बन्छन् अनि मस्क ट्रम्पको उद्घाटन समारोहमा सहभागी हुन्छन्, भाषण दिन्छन्,  हो त्यही भाषणका दौरान गरेको सलामलाई धेरैले नाजी सल्युटको रुपमा व्याख्या गरे । याद गर्नुहोस् कि त्यहि राज्य पेन्सिलभेनियमा डोनाल्ड ट्रम्प भारी मतले विजयी हुन्छन् । 

याद गर्नुहोस् कि त्यहि राज्य पेन्सिलभेनियमा डोनाल्ड ट्रम्प भारी मतले विजयी हुन्छन् ।

आजको दिनमा ट्रम्प र मस्कको विवादको एउटा चुरो के हो भने, मस्क भन्छन् केवल मेरो सहयोगले ट्रम्पले निर्वाचन जितेका हुन् नत्र जित्ने थिएनन्, उता ट्रम्प भन्छन् पेन्सिलभेनियमा म आफ्नै बलबुताले जितेको हुँ । 

फेब्रुअरी ११ को दिनमा मस्क आफ्ना छोरा लिएर डोनाल्ड ट्रम्पको कार्यकारी आदेशहरू साइन गर्ने ठाउँमा गएर अमेरिकालाई एउटा जोश र नयाँ आशा दिन्छन् . 

अमेरिकी जनतामाझ अब एलन मस्क राष्ट्रपति ट्रम्पको दाहिने हात जस्तै देखिन्छन् । 

तर आज आएर त्यो आशा निराशामा परिणत भएको छ एलन मस्कलाई.. I 

मार्च महिनामा मस्कको १३०-दिनको विशेष सरकारी कर्मचारीको पदीय दायित्व समाप्त हुन्छ; उनी आफ्नो आधिकारिक ह्वाइट हाउस भूमिकाबाट बाहिरिन्छन्। 

अब यहाँबाट हुन्छ सम्बन्ध अमिलो, अनि दिमाग धमिलो … अब ट्विस्ट र टर्न्स आउन थाल्छ स्टोरीमा..

मे २७ मा मस्क सार्वजनिक रूपमा ट्रम्पको “Big Beautiful Bill” को आलोचना गर्छन्, उनीहरू बीचमा दरारको संकेत गर्दै। एलन मस्क “Kill the bill” को नाराबाजी गर्दै एक्समा उत्रिए ।  हिजोसम्म डोनाल्ड मेरो साथी भन्ने व्यक्ति आज उनकै “Big Beautiful Bill” जुन कांग्रेसबाट पास गराउन लागिपरेका छन् त्यसलाई लुकीछिपी निकालिएको र “Beautiful होइन कि Big Ugly Bill” भन्दै ट्वीट गर्न सुरु गर्छन् । मस्क..भन्छन्  “मैले सरकारको यो विधेयकको विरोध गरेँ। ट्रम्प रिसाए। अब उनी मेरा कम्पनीहरूको कर घटाउने होइन, संघीय ठेक्का हटाउने धम्की दिइरहेका छन्।” 

जुन ३ मा मस्कले एक्समा विधेयकको आलोचना गर्छन्, र भन्छन् जो जो जनप्रतिनिधिले यसलाई तल्लो सदनबाट पास गराउन भोट गरे तिनीहरुलाई त लाज लाग्नुपर्छ । 

कुरा यहाँ ट्विस्ट भयो जब ट्रम्पले आफ्ना सबै वाचा बिर्सेर अमेरिकालाई अझ धेरै रिणको भार बोकाउन लागेको, आफ्नो रंग बदलेको, वाचा पुरा गर्नुका साटो उल्टै गलत दिशामा लागेको भन्दै एलन मस्क ट्विटरमा मकै पड्केसरी पड्किन थाले । त्यसपछि ट्रम्पको नाम एपस्टिन फाइलमा रहेको र त्यही कारणले सो फाइल सार्वजनिक नगरेको संगीन आरोप ट्रम्पमाथी लगाए । 

मस्कले यसको केही अघिनै अमेरिकी जनतासमक्ष भनिसकेका छन् कि आफ्ना सेनेटरलाई कल गर्नुहोस्, जनप्रतिनिधिलाई कल गर्नुहोस् र यो बिल पास नगराउन दबाव दिनुहोस् । 

लडाइँले जुन ५ को दिनमा क्लाइमेक्स पकडेको छ ।  मस्क ट्विट गर्छन् कि होइन यो चुनाव जित्ने मानिस र अहिलेका राष्ट्रपति फरक फरक मानिस अर्थात बडी डबल त होइनन्?  यो यस्तो लडाइँमा परिवर्तन भएको छ कि अमेरिका र अमेरिकीलाई युद्धभन्दा पनि घातक सावित हुन सक्छ ।  

डोनाल्ड ट्रम्प भन्छन्.. हाम्रो देशको बिलियन डलर बचाउने हो भने एलन मस्कको कम्पनी स्पेसएक्सको ठेक्का रद्द गर्नुपर्छ.. उनी भन्छन् EV क्रेडिट्स नपाएर र टेस्लाको व्यापार घटेर मस्क घायल भएका हुन् ।  कुरा के हो कसैलाई थाहा छैन.. त्यति मात्र होइन कि एलन मस्कको आँखा नजिक चोट लागेको छ केही हानाहान पनि भएको छ भन्दै विवादका कुरा बाहिरिँदै छन् । के गरि घाउ भयो त? भनि गरिएको प्रश्नमा मस्कले आफ्ना नाबालक छोराले मुक्का हानेर घाउ भएको जवाफ दिएका छन् । 

यो सम्पुर्ण दोस्ती र दुश्मनिको लडाइँको अत्यन्त संगीन आरोप के हो भने, डोनाल्ड ट्रम्पको एपस्टिनसँग सम्बन्ध रहेको भन्ने मस्कको ट्विट । एपस्टिन जसले सन् २०१९मा जेलभित्रै आत्महत्या गरेका थिए । जो सेक्स ट्राफिकिगं र नाबालिक बालिकाहरुको यौन शोषणको मुद्दामा जेल परेका थिए । ट्रम्पको उनीसँग मित्रता मात्रै होइन, एपस्टिनका फायलमा ट्रम्पको समेत नाम उल्लेख छ भनेर मस्कले भनेका छन् । 

अमेरिकी इतिहासको सम्भवत सबै भन्दा ठूलो मध्येमा पर्ने यो विवादले अमेरिकाप्रेमीहरु स्तब्ध भएका छन् ।

 अमेरिका चर्किएको ऋणको भारीमा थलिएको थियो। सरकार परिवर्तन गर्न असक्षमजस्तो देखिन्थ्यो। जब डोनाल्ड ट्रम्प पुनः ह्वाइट हाउस फर्किए, एलन मस्कले त्यो परिवर्तनको आशा देखे—सरकारलाई दक्ष बनाउने, फजुल खर्च काट्ने, केही स्थायी निर्माण गर्ने सपना देखे।

एलन मस्क भन्छन्—DOGE मा काम गर्दा म मानिसहरूसँग रिस उठे पनि, सरकारका लाखौं कर्मचारीहरूलाई हटाउँदा पनि, आत्मग्लानि थिएन। किनकि म अमेरिकालाई जोगाउँदैछु भन्ने लाग्थ्यो।

आफ्नो नाम, दाम, कम्पनी—र विशेषगरी टेस्ला गाडी र त्यसका शेयरधनी समर्थकहरूलाई समेत बेवास्ता गर्दै एलन मस्कले डोज नामक एजेन्सिको जिम्मा लिए । उद्देश्य भनिएको थियो—अमेरिकाको खर्च कम गर्ने, ऋण घटाउने, अनि सरकारी भ्रष्टाचार र अनावश्यक खर्च हटाउने।

तर चुनावभन्दा अगाडि नै एलन मस्कले लेफ्ट विग्स् लाई बाइबाइ भने, अहिले राइट विंग्स्को आँखाको तारो भनेका छन् । अब देखिन्छ कि उनीसँग बाँकी छन् केवल गिल्ट र पुराना यादहरु । 

अब बाँकी न प्रतिष्ठा, न प्रभाव। एकै दिनमा टेस्लाको स्टक १४ प्रतिशत घट्दा १ सय चालिस बिलियन स्वाहा भएको छ । ट्रम्पसँगको दोस्तीमा जम्माजम्मि ४० प्रतिशत शेयर मूल्यमा गिरावट आइसकेको छ । टेस्लाका बोर्ड मेम्बर र शेयरहोल्डरहरु यो दोस्ती र भिरालो लागेको स्टक बाट पटक्कै नै खुसी छैनन् । 

काँचो भाटाका दुइ पटिकै सुम्ला बोकेर हिँडेको देखिने मस्क अहिले एक्समा आगो ओकलिरहेका छन् । शब्द शब्दमा बम्ब सरी पड्किरहेछन् उनका वितृष्णा ।  

अझै कति र के के देख्न सुन्न र भोग्न बाँकी छ यो भेलमा, एउटा कुरा चाहिँ पक्का के छ भने इन्टरनेटको यो कोल्डवारमा जीत हार, मेल मिलाप जे भएपनि हार चाहिँ अमेरिकी जनताकै हुनेछ । दुई शक्तिशालीहरुको झगडाले स्यान्डविच्ड अमेरिकी जनताको मर्का कसले बुझिदिने?

२००९ मा ओबामाले कार्यभार सम्हाल्दा अमेरिकाको कुल ऋण $10.6 ट्रिलियन थियो। २०२५ सम्म त्यो बढेर $34 ट्रिलियन नाघिसकेको छ।  अर्थात् केवल १६ वर्षमा $23.4 ट्रिलियन थपिएको छ—यो जोर्ज वासिङ्टनदेखि जोर्ज बुशको पाला सम्मकै संयुक्त ऋणभन्दा दोब्बर बढी हो।

अर्को कुरा जापान—अमेरिकाको सबैभन्दा ठूलो ट्रेजरी बन्ड होल्डर—आफ्नै आर्थिक सङ्कटमा छ। वृद्ध जनसंख्या, मूल्य घट्ने प्रवृत्ति, र बढ्दो ब्याजदरले गर्दा उनीहरू U.S. bonds बेच्न थालेका छन्।

एता, अमेरिका स्वयंले ब्याजदर बढाउँदैछ महँगी कम गर्न—तर यसले जनतालाई ऋणको बोझ झन् बढाउँछ। जति ऋण बढ्छ, उति धेरै ब्याज तिर्नुपर्ने हुन्छ। जति धेरै ब्याज दिनुपर्छ, उति ऋण किन्ने इच्छुकहरु घट्छन् । फेडले पनि बन्ड किन्न ढिलाइ गर्न थालेको बेला—अमेरिकाले आफ्नो बन्ड बेच्न थप ब्याज (उच्च रिटर्न) दिनुपर्छ। त्यसले अझ ठूलो ऋण श्रृजना गर्छ । अनि यसले फेरि एक खतरनाक चक्र बनाउँछ। 

तेती मात्र कहाँ हो र? अमेरिकाका सबभन्दा ठूलो ब्याकं जेपी मोर्गन का सिइओ, जेमी डिमन ले पनि भनेका छन् कि बन्ड मार्केटमा ठूलो दरार देखिएको छ । 

वारेन बफेटजस्ता लगानीकर्ता ठूलो मात्रामा स्टकहरु बेचेर हातमा नगद लिएर बसेका छन् ।  मैले त हेर्दा यो अवस्था अमेरिकाका लागि राम्रो देखिनँ ।  तपाईंलाई कस्तो लाग्छ? तल कमेन्ट गर्न नबिर्सनु होला।

📌 NepalTalks को साथमा रहनुहोस् – यस्ता रोचक र प्रेरणादायक कथाहरुका लागि।
🎥 तपाईंको कथा पनि संसारसम्म पुर्याउन चाहनुहुन्छ? हामी यहाँ छौं: Empower. Inspire. Create.

 

तपाईंको आवाजलाई विश्वसम्म पुर्याउने एउटा प्लेटफर्म

NepalTalks अमेरिकाबाट संचालित डिजिटल प्ल्याटफर्म हो । जसले अमेरिकामा रहेका नेपाली समुदायका कथा, अनुभव, र सफलतालाई विश्वमाझ पुर्याउँछ। हाम्रो उद्देश्य हो:

  • सांस्कृतिक प्रवर्द्धन: नेपाली भाषा, कला, र संस्कृति जोगाउने।
  • व्यवसाय प्रवर्द्धन: नेपाली व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने।
  • समुदाय निर्माण: नेपाली डायस्पोराका आवाज र अनुभवहरूलाई जोड्ने।

हामी अन्तर्वार्तापोडकास्टभिडियो स्टोरीज, र लेखहरू मार्फत तपाईंको व्यवसायलाई प्रवर्द्धन गर्न प्रतिबद्ध छौं। मन परेमा लाइक, सेयर, र सब्सक्राइब गर्न नबिर्सनुहोस्।

Scroll to Top