
Ananta Nepal
View Profile

अमेरिकाको नर्थ केरोलाइनामा बसोबास गर्ने हिमाली समुदायका नेपालीहरुले यो वर्षको ल्होसार कार्यक्रम सार्वजनिक गरेका छन । कार्यक्रम आयोजक समितीका सदस्य निमा पाखरिनका अनुसार लोसार मार्च 15 तारेख केरीको हिमालयन ग्रील एन्ड बारमा हुने तय भएको छ। लोसार कुनै जात जातिमा मात्र सिमित नराखी सबैको उपस्थिति रहोस भन्ने उद्देश्यले खुल्ला गरिएको आयोजक समितीले जनाएको छ। हिमाली समुदायका विभिन्न जातजाती र समूहले आयोजना गर्ने फरक फरक सोनाम ल्होसार, ग्याल्बो ल्होसार, तमु लोसार जस्ता पर्वलाई एकत्रित गरि सयुक्त ल्होसार मनाउन पहल गरिएको अर्का आयोजक सदस्य तेन्जिङ लामाले बताए। ल्होसार साँझमा विभिन्न जाती विशेष नाच र साँस्कृतिक कार्यक्रमका साथै विविधतापूर्ण नेपाली सँस्कृति झल्किने कार्यक्रमहरु पनि समेटिने छन। “सबै भाषा, धर्म र सँस्कारको सम्मान गर्ने र चाडबाड साझा रुपमा मनाउने नेपालीको बिशेषता हो ।” आयोजक समिताका अर्का सदस्य जीतमान बस्नेतले बताए। रियलस्टेट ब्यबसायी बस्नेत विभिन्न जातजातीको प्रतिनिधित्व हुने गरि ल्होसार मनाउनु पर्छ भन्ने भावनाले विगत ५ वर्ष देखि ल्होसारको आयोजनामा सक्रिय भूमिका खेल्दै आएका छन् ।
सबैका लागि खुल्ला ल्होसार कार्यक्रममा सहभागि हुन १० वर्ष भन्दा माथीका लागि ३० डलर प्रतिव्यक्ति तिर्नुपर्छ । ९ वर्ष मुनिका लागि टिकट नचाहिने आयोजक समितिले जनाएको छ । समितिका अनुसार टिकट लिएपछि खाना खाजाको बेग्लै तिरिराख्नु पर्दैन र यो पैसामा डिनर र हिमालयन वाइन समेटिएको छ । कार्यक्रम हलको क्षेमतालाइ ध्यानमा राखी कार्यक्रम हुने केही दिन पहिले नै टिकट बिक्री बन्द गरिने जनाइएको छ।
नेपाल टक्सले ल्होसारका लागि टिकेटिङ्गको प्ल्याटफर्म र कार्यक्रमको जानकारी उपलब्ध गराएको छ । कार्यक्रमको लागि तलको लिँकमा गएर टिकट लिन सकिनेछ। कार्यक्रमकै दिनमा टिकट उपलब्ध नहुने हुँदा पहिले नै टीकट खरीद गरि सिट सुरक्षित गर्न अनुरोध गरिएको छ।
तपाईंको आवाजलाई विश्वसम्म पुर्याउने एउटा प्लेटफर्म
NepalTalks अमेरिकाबाट संचालित डिजिटल प्ल्याटफर्म हो । जसले अमेरिकामा रहेका नेपाली समुदायका कथा, अनुभव, र सफलतालाई विश्वमाझ पुर्याउँछ। हाम्रो उद्देश्य हो:
- सांस्कृतिक प्रवर्द्धन: नेपाली भाषा, कला, र संस्कृति जोगाउने।
- व्यवसाय प्रवर्द्धन: नेपाली व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने।
- समुदाय निर्माण: नेपाली डायस्पोराका आवाज र अनुभवहरूलाई जोड्ने।
हामी अन्तर्वार्ता, पोडकास्ट, भिडियो स्टोरीज, र लेखहरू मार्फत तपाईंको व्यवसायलाई प्रवर्द्धन गर्न प्रतिबद्ध छौं। मन परेमा लाइक, सेयर, र सब्सक्राइब गर्न नबिर्सनुहोस्।