तपाइँलाई नेपाली किताब पढ्न मन लागेको छ? तपाइँ नर्थ केरोलाइनामा बस्नुहुन्छ? यो लेख र भिडियो तपाइँका लागि हो । आज हामी आरम्भका बारेमा विस्तृत जानकारी दिँदैछौँ ।

के हो आरम्भ?
आरम्भ नेपाली लाइब्रेरी एउटा सानो कन्सेप्ट पुस्तकालय हो । यो नर्थ केरोलाइनामा संचालित छ । आरम्भको शुरुवात सन् २०२४को सेप्टेम्बर महिनाबाट भएको हो ।
कसरी उपभोग गर्ने यो सेवा?
आरम्भ लाइब्रेरीको वेबसाइटमा गएर तपाइँले त्यहाँ उपलब्ध कुनै पनि किताब रिजर्भ गर्न सक्नुहुन्छ र त्यसपछि किताब घरमा गएर त्यो किताब लिएर घर लैजान सक्नुहुन्छ । यो सेवा निशुल्क छ र अहिले करिब २५० किताबहरु उपलब्ध छन् । विदेशमा बसेर नेपाली सिक्न चाहने बालबालिका र अरु सबै पुस्तक पढ्न चाहनेका लागि अत्यन्तै उपयोगी साबित हुन सक्छ ‘आरम्भ’ । आरम्भ सरल र सहज पुस्तकालय हो, जो विस्तार गरेर अमेरिकाका विभिन्न राज्यहरुमा पुर्याउने लक्ष्य राखिएको छ । यो पुस्तकालयको विशेषता भनेको भएभरका किताबहरु वेबसाइटमा हेरेर छान्न सकिन्छ र अहिलेका लागि नर्थ केरोलाइनाको डरम् शहरमा रहेको किताब घर बाट लिन सकिन्छ । किताब लिँदा र पुर्याउन जाँदा कसैलाई डिस्टर्ब हुँदैन ।
कसले संचालन गर्छ आरम्भ नेपाली लाइब्रेरी?
आरम्भ नेपाली लाइब्रेरी नेपालीहरुले स्थापना गरेको एउटा हाइब्रिड पुस्तकालय हो । यसका संस्थापक मध्येका एक हुनुहुन्छ मेघा सिंक । मेघा भन्नुहुन्छ – ‘किताब लिनको लागि हाम्रो वेबसाइटमा गएर हाम्रो किताबहरुको लिस्टमा गएर मन परेको किताब लिन सक्नुहुन्छ । एक जनाले दुइ वटा किताब १ महिनाको लागि लिन सकिन्छ साथै रिजर्भ भएपछी हामीले मिती र समय सेट गरेर किताब तोकीएको ठाउँमा राखिदिन्छौ र आनो अनुकुल समयमा किताब लिइ चेक आउट गर्न सक्नुहुन्छ ।’
के के किताबहरु छन्?
मेघा भन्नुहुन्छ – ‘नेपाली भाषाका किताबहरु करीब २१० वटा जती छन र यो संख्या बढ्ने क्रममा छ । १६ वटा जती नेपाल सम्बन्धि अङ्ग्रेजिमा लेखीएका किताबहरु उपलब्ध रहेका छन् उपन्यास, यात्रा संस्मरण, इतिहास लगायत साना बालबालिकाका लागि पनि सचित्र किताबहरु थपिने क्रममा छन् । नेपाली भाषा, कला र सँस्कृतिको विस्तार मात्र होइन यो पुस्तकालयले ज्ञानमुलक र दैनिक जिवनमा प्रत्यक्ष सरोकार राख्ने विषयका लेख र रचनाहरु पनि थप्दै लैजाने लक्ष्य राखिएको छ । पुस्तकका लेखक र अमेरिकामा स्थापित नेपाली मिडियासँगको सहकार्यमा अडियो बुकहरु पनि निकट भविष्यमा वेबसाइटमै सुन्न सकिने बनाउने योजना छ ।
किताब पढेको पैसा लाग्छ?
आरम्भ एक गैर नाफामुलक संस्था हो जसले बिना कुनै शुल्क सेवा संचालन गरिरहेको छ ।
कहाँबाट आउँछन् किताब?
नर्थ केरोलाइना लगायत अन्य स्थानमा रहनुहुने जो कोहिले पनि आफुले पढीसकेको किताबहरु यहाँ दिन सक्नुहुन्छ । वेबसाइटमा गएर ईमेल मार्फत संपर्क गरेर किताबहरु डोनेट पनि गर्न सकिन्छ । नर्थ केरोलाइनाबाहिरका डोनरहरुका लागि नर्थ केरोलाइनामा नेपालीद्वारा संचालित पोस्टल एक्स्प्रेसले बिना शुल्क किताब शिपिगं गर्ने व्यवस्था मिलाएको छ । यो सुविधा पाउनका लागि आरम्भको वेबसाइटमा गएर आरम्भ लाई सम्पर्क गर्न सकिन्छ ।
तपाईंको आवाजलाई विश्वसम्म पुर्याउने एउटा प्लेटफर्म
NepalTalks अमेरिकाबाट संचालित डिजिटल प्ल्याटफर्म हो । जसले अमेरिकामा रहेका नेपाली समुदायका कथा, अनुभव, र सफलतालाई विश्वमाझ पुर्याउँछ। हाम्रो उद्देश्य हो:
- सांस्कृतिक प्रवर्द्धन: नेपाली भाषा, कला, र संस्कृति जोगाउने।
- व्यवसाय प्रवर्द्धन: नेपाली व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने।
- समुदाय निर्माण: नेपाली डायस्पोराका आवाज र अनुभवहरूलाई जोड्ने।
हामी अन्तर्वार्ता, पोडकास्ट, भिडियो स्टोरीज, र लेखहरू मार्फत तपाईंको व्यवसायलाई प्रवर्द्धन गर्न प्रतिबद्ध छौं। मन परेमा लाइक, सेयर, र सब्सक्राइब गर्न नबिर्सनुहोस्।