एनभिडियाको भविष्य..डिपसिकको उदयले असर पार्ला?

manoj nepal 1
मनोरथ नेपाल

View Profile

६०० बिलियन डलर गुमाएको एनभिडियाको भविष्य के हुनसक्छ? डिपसिक एआइको उदयले एनभिडियालाई चुनौती दिन सक्छ कि उसले आफ्नो वर्चश्व कायम राख्छ? अहिले स्टक किन्ने समय हो कि बेच्ने? यी सबै प्रश्नहरूको उत्तर खोज्न हामी एनभिडियाको इतिहास, बजार उतारचढाव, र भविष्यको सम्भावनाहरूको चर्चा गर्दैछौं।

१. एनभिडियाको प्रारम्भ र ऐतिहासिक प्रगति

सन् १९९३ मा अमेरिकाको क्यालिफोर्नियामा स्थापना भएको एनभिडियाले दुई वर्षमा आफ्नो पहिलो उत्पादन, एनभि वान, सार्वजनिक गर्‍यो। सन् १९९९ मा विश्वकै पहिलो GPU (Graphics Processing Unit) बनाउँदै गेमिङ क्षेत्रमा क्रान्ति ल्यायो। सन् २००० मा माइक्रोसफ्टको Xbox कन्सोलका लागि GPU निर्माण गरेपछि, एनभिडियाले पछाडि फर्केर हेर्नु परेन। एआई र कम्प्युटिङको क्षेत्रमा तीव्र गतिमा अगाडि बढेको एनभिडियाको एड्जस्टेड स्टक मूल्य १९९९ मा मात्र ७५ सेन्ट्स थियो। आज यसको प्रति शेयर मुल्य एक सय २०को हाराहारीमा छ र एनभिडियाको मार्केट भ्याल्यु तीन ट्रिलियन डलर भैसकेको छ । यदि कसैले १० वर्षअघि एनभिडियामा १,००० डलर लगानी गरेको भए, आज त्यो २,५३,००० डलर हुने थियो।

२. एनभिडियाका बजार उतारचढाव र संकटहरू

एनभिडियाले दुई प्रमुख संकटहरू झेलेको छ। सन् २००० को क्र्यास: १२० डलरको स्टक मूल्य १० डलरमा झर्यो। सन् २००८ को आर्थिक संकट: ३७ डलरको स्टक मूल्य ५ डलरमा खस्यो। तर यी सबै कठिनाइहरू पार गर्दै, कम्पनीले एआई, डेटा सेन्टर, र गेमिङ क्षेत्रमा आफ्नो वर्चस्व स्थापित गर्यो। सन् २०२० मा ११ बिलियन डलर आम्दानी गरेको एनभिडियाले २०२३ मा २७ बिलियन डलर र २०२४ मा ६१ बिलियन डलर आम्दानी गर्न सफल भयो। यसको मुख्य ग्राहक मेटा (फेसबुक) जस्ता कम्पनीहरू हुन्, जसले एआइमा ६५ बिलियन डलर लगानी गर्दैछ र त्यसको ठूलो हिस्सा एनभिडियाको ग्राफिक प्रसेसिगं युनिट जिपियुको खरिद र प्रयोगमा रहेको छ । 

३. एनभिडियाको भविष्य: किन्ने कि बेच्ने?

एनभिडियाका सीईओ जेन्सन् वाङले कम्पनीको नेतृत्व गरिरहेका छन्, तर उनीसँग मात्र ३.६% शेयर छ। ठूला लगानीकर्ताहरूमा फाइडेलिटि, ब्ल्याक रक जस्ता संस्थाहरू छन्। यो कम्पनीमा काम गर्ने कर्मचारीहरूलाई स्टक बोनस दिइन्छ, जसका कारण धेरै कर्मचारीहरू मिलियनियर बनिसकेका छन्। तर, स्टक बजार सधैं उतारचढावपूर्ण हुन्छ। ठूला लगानीकर्ताहरू लाभान्वित भएका छन् भने, धेरैले घाटा पनि बेहोरेका छन्। एनभिडियाको इतिहास हेर्दा, यसको दीर्घकालीन स्थिरता र वृद्धिको सम्भावना देखिन्छ। तर, लगानी गर्नु अघि बजार अध्ययन गर्नु अत्यावश्यक छ। सही निर्णय लिन, स्टक बजारका समाचारहरू फलो गर्ने, इतिहास बुझ्ने, र विश्लेषणमा आधारित निर्णय गर्नुपर्छ । एनभिडियाको भविष्यबारे विस्तृत जानकारी प्राप्त गर्न, CrowdBullish.com जस्ता प्लेटफर्महरू उपयोगी हुन सक्छन्। CrowdBullish नेपाली मूलका अमेरिकनहरूले सञ्चालन गरेको स्टक सम्बन्धी सूचना दिने वान-स्टप शप हो, जहाँ कंग्रेसम्यानहरूले कुन स्टक किने र, कहिले बेचे भन्ने लगायत Advanced Data Analysis, Insider Tracking, Investment Ideas, Government Contracts, Whale Portfolios जस्ता विषयका गहन ज्ञान प्राप्त गर्न सकिन्छ । 

तपाईंको आवाजलाई विश्वसम्म पुर्याउने एउटा प्लेटफर्म

NepalTalks अमेरिकाबाट संचालित डिजिटल प्ल्याटफर्म हो । जसले अमेरिकामा रहेका नेपाली समुदायका कथा, अनुभव, र सफलतालाई विश्वमाझ पुर्याउँछ। हाम्रो उद्देश्य हो:

  • सांस्कृतिक प्रवर्द्धन: नेपाली भाषा, कला, र संस्कृति जोगाउने।
  • व्यवसाय प्रवर्द्धन: नेपाली व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने।
  • समुदाय निर्माण: नेपाली डायस्पोराका आवाज र अनुभवहरूलाई जोड्ने।

हामी अन्तर्वार्तापोडकास्टभिडियो स्टोरीज, र लेखहरू मार्फत तपाईंको व्यवसायलाई प्रवर्द्धन गर्न प्रतिबद्ध छौं। मन परेमा लाइक, सेयर, र सब्सक्राइब गर्न नबिर्सनुहोस्।

Scroll to Top