विश्व साईकल यात्री पुष्कर शाह ब्याक टू नेपाल यात्रामा

fea9cf17-8663-4354-9ca0-90a64ac44147 (1)
Ananta Nepal

View Profile

यस पोडकास्टमा नेपालटक्सका होस्ट अनन्त नेपाल ले पुष्कर शाह संग प्रेरणादायी कुराकानी गर्नुभएको छ, जसले ३ लाख किलोमिटरभन्दा बढी साइकल यात्रा गर्दै १५० भन्दा बढी देश घुमेर शान्तिको सन्देश फैलाउनु भएको छ। “Back to Nepal” मिशन अन्तर्गत अमेरिकामा रहँदा गरिएको यस अन्तर्वार्तामा उहाँले आफ्नो जीवन यात्रा, संघर्ष, र सिकाइका महत्वपूर्ण पाठहरू साझा गर्नुभएको छ। उहाँले पृथ्वीलाई ५ पटक घेरिने जति साइकल यात्रा गरिसकेको अनुभव सुनाउँदै, धेरै देश घुम्न पाउनु संसारकै धनी व्यक्ति जस्तो लाग्ने बताउनुहुन्छ। जीवनमा अड्किएका मानिसहरूका लागि उहाँका अनुभव प्रेरणादायी छन्। यो पोडकास्ट सुन्नुहोस् र पुष्कर शाहको असाधारण यात्राबाट प्रेरित हुनुहोस्!

यस एपिसोडमा उहाँले के-के साझा गर्नुभएको छ?

🔹 आफ्नो जीवन यात्रा, संघर्ष र उपलब्धिहरू।
🔹 जीवनबाट सिकेका महत्वपूर्ण पाठ र गहकिला अनुभूति
🔹 “Back to Nepal” मिशन अन्तर्गत अमेरिकामा रहँदा गरिएको यो अन्तर्वार्तामा उहाँले आफ्नो असाधारण यात्राका अनुभवहरू सुनाउनुभएको छ।
🔹 उहाँले पृथ्वीलाई ५ पटक घेरिने जति साइकल यात्रा गरिसकेको अनुभव साझा गर्नुभएको छ।
🔹 धेरै देशको भूमि छोएर यात्रा गर्न पाउनु संसारकै धनी व्यक्तिहरू—बिल गेट्स वा इलन मस्क भन्दा ठूलो अनुभव जस्तो लाग्छ भन्ने आफ्नो भावना व्यक्त गर्नुभएको छ।
🔹 जीवनमा अड्किए जस्तो महसूस गर्ने जो-कोहीका लागि उहाँका अनुभव र सन्देश अत्यन्त मूल्यवान छन्।

यो प्रेरणादायी वार्ता सुन्नुहोस् र पुष्कर शाहको असाधारण यात्राबाट प्रेरित हुनुहोस्! 🎙️🚴🌍

तपाईंको आवाजलाई विश्वसम्म पुर्याउने एउटा प्लेटफर्म

NepalTalks अमेरिकाबाट संचालित डिजिटल प्ल्याटफर्म हो । जसले अमेरिकामा रहेका नेपाली समुदायका कथा, अनुभव, र सफलतालाई विश्वमाझ पुर्याउँछ। हाम्रो उद्देश्य हो:

  • सांस्कृतिक प्रवर्द्धन: नेपाली भाषा, कला, र संस्कृति जोगाउने।
  • व्यवसाय प्रवर्द्धन: नेपाली व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने।
  • समुदाय निर्माण: नेपाली डायस्पोराका आवाज र अनुभवहरूलाई जोड्ने।

हामी अन्तर्वार्तापोडकास्टभिडियो स्टोरीज, र लेखहरू मार्फत तपाईंको व्यवसायलाई प्रवर्द्धन गर्न प्रतिबद्ध छौं। मन परेमा लाइक, सेयर, र सब्सक्राइब गर्न नबिर्सनुहोस्।

Scroll to Top