जीवन विज्ञान: आध्यात्मिक यात्रा, योग, र चेतनाको शक्ति

fea9cf17-8663-4354-9ca0-90a64ac44147 (1)
Ananta Nepal

View Profile

यो भ्लगको यस अंकमा, NepalTalks का सञ्चालक अनन्त नेपालले जीवन विज्ञान प्रतिष्ठानका संस्थापकहरू श्री रमेश नेपाल र श्री एल.पी. भानु शर्मासँग कुराकानी गर्दै जीवन, आन्तरिक विज्ञान, आध्यात्मिकता, योग, चेतना र जीवनका चुनौतीहरूबारे गहन छलफल गरेका छन्।

यस अंकमा निम्न विषयहरू चर्चा गरिएका छन्:

  • तनाव के हो? हाम्रो भित्री क्षमताहरू विकास गरेर कसरी तनाव व्यवस्थापन गर्ने? सिर्जनशीलता, जिज्ञासा र आन्तरिक ज्ञानको प्रयोग गरेर हामी आफैंलाई राम्रो संस्करणमा बदल्न सक्छौं। आफ्नो जीवनलाई ध्यान एवम् साधनाको माध्यमबाट आन्तरिक र बाह्य रूपमा कसरी विकसित बनाउन सकिन्छ?
  • आध्यात्मिक र भौतिक विज्ञान के हुन्?

वर्तमान युग सम्भावनाको युग हो। सूचना, विज्ञान र प्रविधिको विकासले मानिसको जीवनलाई सहज बनाएको छ, तर मानिसभित्र लुकेका असीमित सम्भावनाहरू पहिचान गर्ने संस्थाहरू कम छन्। यही अभावलाई महसुस गरी वि.सं. २०६६ फागुन १८ गते जीवन विज्ञान प्रतिष्ठानको स्थापना गरिएको हो।

जीवन विज्ञान मानवभित्र रहेको असीमित सम्भावनाहरूलाई उजागर गर्ने एक आध्यात्मिक प्रयोगशाला हो। यहाँ योग, ध्यान, साधना र मनोविज्ञानका गहिरा सूत्रहरूको व्यावहारिक अभ्यास गरिन्छ। संस्थापक सद्गुरुद्वय श्री रमेश नेपाल र श्री एल.पी. भानु शर्मा नेपाली भाषा, भेष र परिवेश सुहाउँदो गुरुकुल निर्माण गर्दै ऋषिमुनिहरूको ज्ञानको सङ्ग्रहालय बनाउन क्रियाशील छन्।

जीवन विज्ञानको उद्देश्य:

  • मानिसलाई आध्यात्मिक रूपमा बढ्न र आन्तरिक शान्ति प्राप्त गर्न सहयोग पुर्याउने।
  • योग, ध्यान र सजगताको माध्यमबाट मानिसलाई आफ्नो वास्तविक आत्मा पहिचान गर्न प्रेरित गर्ने।
  • आधुनिक विचारहरूसँग आध्यात्मिक अभ्यासहरू समावेश गरी जीवनलाई समृद्ध बनाउने।
  • मानिसभित्र रहेका स्वास्थ्य, सुख, आत्मविश्वास, प्रेम, ज्ञान र आनन्दका क्षमताहरू पहिचान गरी सन्तुलित रूपमा प्रयोग गर्न सहयोग गर्ने।
  • नेपाललाई ध्यान र आध्यात्मिकताको गन्तव्य बनाई विश्वभर शान्तिको सन्देश फैलाउने।

यस यात्रा उपभोग गर्नुहोस् जसले तपाईंलाई जीवन, विज्ञान र आध्यात्मिक अभ्यासहरूको गहिराइ बुझ्न सहयोग पुर्याउँछ, र राम्रो जीवन जिउने प्रेरणा दिन्छ।

तपाईंको आवाजलाई विश्वसम्म पुर्याउने एउटा प्लेटफर्म

NepalTalks अमेरिकाबाट संचालित डिजिटल प्ल्याटफर्म हो । जसले अमेरिकामा रहेका नेपाली समुदायका कथा, अनुभव, र सफलतालाई विश्वमाझ पुर्याउँछ। हाम्रो उद्देश्य हो:

  • सांस्कृतिक प्रवर्द्धन: नेपाली भाषा, कला, र संस्कृति जोगाउने।
  • व्यवसाय प्रवर्द्धन: नेपाली व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने।
  • समुदाय निर्माण: नेपाली डायस्पोराका आवाज र अनुभवहरूलाई जोड्ने।

हामी अन्तर्वार्तापोडकास्टभिडियो स्टोरीज, र लेखहरू मार्फत तपाईंको व्यवसायलाई प्रवर्द्धन गर्न प्रतिबद्ध छौं। मन परेमा लाइक, सेयर, र सब्सक्राइब गर्न नबिर्सनुहोस्।

Scroll to Top