आधुनिक इन्टरनेटको जमानामा कुकिज डिजिटल मार्केटिगंको एउटा महत्वपुर्ण टुल हो । तपाइँले कुनै वेबसाइट भिजिट गर्दा त्यस वेवसाइटले तपाइँको ब्राउजरमा सानो टेक्स्ट फायल सेभ गर्छ, जसलाई कुकिज भनिन्छ ।
कुकिजले तपाइँको वेब भिजिटलाई सहज र अनुकुल बनाउन मद्दत गर्छ । उदाहरणका लागि तपाइँले वेबसाइटमा एकपटक कुनै सामान खोज्नुभयो भने कुकिजले तपाइँको रुचि र प्राथमिकता सम्झिएर बस्छ र त्यसपछि तपाइँलाई त्यहि अनुरुपका सामग्रि र विज्ञापनहरु देखाउँछ ।
कुकिजले कसरी काम गर्छ?
-
डेटा सङ्कलन:
तपाइँले क्लिक गर्ने सामग्रि, हेर्ने चित्रहरु, पढ्ने लेखहरु र तपाइँका अन्य गतिविधिहरुलाई कुकिजले ट्रयाक गर्छ । -
युजर एक्स्पिरिएन्स्:
तपाइँले पहिला भिजिट गरेको वेबसाइटले तपाइँको प्राथमिकता र जानकारी सम्झिएर पछिल्लो गतिविधिको आधारमा सिफारिस गर्ने काम गर्छ । उदाहरणका लागि तपाइँले एउटा अनलाइन स्टोरमा कुनै उत्पादन हेर्नुभयो भने, अर्को पटक वेबसाइट खोल्दा त्यो उत्पादनसँग सम्बन्धित अरु उत्पादनहरु तपाइँको स्क्रिनमा प्रश्तुत गरिन्छ ।
-
विज्ञापनको उद्देश्य:
कुकिजले तपाइँको रुचि र आवश्यकता बुझेर सोही अनुरुपका विज्ञापन र सामग्रिहरु देखाउँछ ।
के कुकिज नराम्रो हो त?
कुकिज आफैँमा नराम्रो होइन, तर यसको अत्याधिक प्रयोगले तपाइँलाई आफ्नो गोपनियता सुरक्षित नभएको लाग्न सक्छ । कसैकसैलाई एउटा कम्प्युटर प्रोग्रामले आफ्ना सारा गतिविधि नियालिरहेको गलत लाग्न सक्छ ।
तपाइँको डेटा ट्रयाक गरिनु तपाइँलाई असहज लाग्न सक्छ ।
धेरै जस्ता कुकिजले तपाइँको ब्राउजरको स्पिडलाई पनि कम गरिदिन सक्छन् ।
गोपनीयताको रक्षा कसरी गर्ने?
- कुकिजलाई मेटाउने
तपाइँको ब्राउजरको सेटिगंमा गएर कुकिज मेटाउन सकिन्छ । - प्राइभेसि सेटिगं अपग्रेड गर्नुहोस्
आफूलाई चाहिने मात्र कुकिज स्विकार गर्न सकिन्छ । - इनकग्नितो मोड प्रयोग गर्नुहोस्
इनकग्नितो मोडमा कुकिज सेभ हुँदैन ।
यो भिडियोमा अनन्त नेपालले कुकिजका फाइदा, यसका काम गर्ने तरिका र यसको सम्भावित असरको बारेमा सामान्य जानकारी दिएका छन् । कुकिजको बारेमा बुझेर आफ्नो इन्टरनेट अनुभवलाई अझ सुदृढ बनाउनुहोस् ।
NepalTalks: तपाईंको आवाजलाई विश्वसम्म पुर्याउने एउटा प्लेटफर्म
NepalTalks एउटा Media Platform हो, जसले अमेरिकावासी नेपाली समुदायका कथा, अनुभव र सफलतालाई विश्वमाझ पुर्याउँछ । हाम्रो उद्देश्य हो:
- सांस्कृतिक प्रवर्द्धन: नेपाली भाषा, कला, र संस्कृति जोगाउने।
- व्यवसाय प्रवर्द्धन: नेपाली व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने।
- समुदाय निर्माण: नेपाली डायस्पोराका आवाज र अनुभवहरूलाई जोड्ने।
हामी अन्तर्वार्ता, पोडकास्ट, भिडियो स्टोरीज, र लेखहरू मार्फत तपाईंको व्यवसायलाई प्रवर्द्धन गर्न प्रतिबद्ध छौं।