अन्तर्राष्ट्रिय विद्यार्थीहरू महँगीको मारमा, नेपाली व्यवसायीहरू सहयोगका लागि अघि सरे

fea9cf17-8663-4354-9ca0-90a64ac44147 (1)
Ananta Nepal

View Profile

संयुक्त राज्य अमेरिकामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीहरूले देशको अर्थतन्त्र र सांस्कृतिक विविधतामा महत्वपूर्ण योगदान पुर्‍याइरहेका छन्। तर, उनीहरूको प्रभावका बावजुद, धेरै विद्यार्थीहरूले जीवनयापनका आधारभूत आवश्यकताहरू जस्तै खाना र बसोबासको व्यवस्थापनमा कठिनाइ भोगिरहेका छन् । न्यूयोर्क र शिकागोजस्ता प्रमुख सहरहरूमा महंगी अत्यधिक बढेकोले यी विद्यार्थीहरू ठूलो आर्थिक दबावमा छन्। अझ, धेरैजसोले बाहिर काम गर्न नपाउने र कलेज युनिभर्सिटिमा उपलब्ध सिमित कामले बदलिएको आर्थिक र राजनीतिक परिस्थितीमा विध्यार्थीहरुलाई खर्च धान्न धौ धौ परेको छ ।

मद्रास्फीति बढ्दै जाँदा खाद्यान्न र आवास खर्च आकासिएका छन्, जसका कारण विद्यार्थीहरू दैनन्दिन खर्च धान्न संघर्ष गरिरहेका छन् । धेरै विद्यार्थीहरू पार्ट टाइम जागिर, छात्रवृत्ति वा आफ्ना परिवारबाट प्राप्त आर्थिक सहयोगमा भर परेका हुन्छन्, तर यी स्रोतहरू बढ्दो खर्च धान्न पर्याप्त छैनन् । नेपालजस्ता विकासशील देशहरूबाट आएका विद्यार्थीहरूका लागि यो अवस्था अझ जटिल छ ।

यी समस्याहरूलाई बुझ्दै, न्यूयोर्कका केही नेपाली व्यवसायीहरूले सहयोग गर्न विशेष पहल अघि सारेका छन् । नेपाली समुदायद्वारा सञ्चालित रेस्टुरेन्ट, दन्त चिकित्सालय, अटो मर्मत केन्द्र लगायतका व्यापार व्यवसायहरुले नेपाली विद्यार्थीहरूलाई विशेष छुट दिने योजना ल्याएका छन् । कुनै पनि नेपाली विद्यार्थीले वैध विद्यार्थी परिचय पत्र देखाएर खाना तथा अन्य आवश्यक सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्छन्।

नेपाल टक्स र न्यूयोर्कको नेपाली फेसबुक समूह न्युयोर्क नेपाली काम पोस्ट को सहकार्यमा तयार पारिएको यो भिडियोमा यस अभियानलाई प्रस्तुत गरिएको छ र ती व्यवसायकहरुको लिस्ट छ जहाँबाट विध्यार्थीहरुले विशेष छुट प्राप्त गर्न सक्नेछन् । न्युयोर्क नेपाली काम समूहले न्यूयोर्कमा रहेका नेपालीहरूलाई आवास, खानपान, र अन्य आवश्यक सामग्री खोज्न सहायता पुर्‍याउँदै आएको छ ।

यस्ता सामुदायिक प्रयासहरू सराहनीय भए पनि अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको दिगो अस्तित्वको विषयलाई अझै गम्भीरतापूर्वक हेरिएको छैन । नीति निर्माता र शैक्षिक संस्थाहरूले यी विद्यार्थीहरूले भोगिरहेका आर्थिक समस्याहरू समाधान गर्न आवश्यक पहल गर्नुपर्छ, जसले उनीहरूलाई अध्ययनमा ध्यान केन्द्रित गर्न मद्दत पुर्‍याओस्। जबसम्म यस्तो कदम चालिँदैन, निजी व्यवसायीहरूको यस्तो पहलले मात्रै विद्यार्थीहरूलाई सम्पूर्ण राहत दिन सक्दैन ।

तपाईंको आवाजलाई विश्वसम्म पुर्याउने एउटा प्लेटफर्म

NepalTalks अमेरिकाबाट संचालित डिजिटल प्ल्याटफर्म हो । जसले अमेरिकामा रहेका नेपाली समुदायका कथा, अनुभव, र सफलतालाई विश्वमाझ पुर्याउँछ। हाम्रो उद्देश्य हो:

  • सांस्कृतिक प्रवर्द्धन: नेपाली भाषा, कला, र संस्कृति जोगाउने।
  • व्यवसाय प्रवर्द्धन: नेपाली व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने।
  • समुदाय निर्माण: नेपाली डायस्पोराका आवाज र अनुभवहरूलाई जोड्ने।

हामी अन्तर्वार्तापोडकास्टभिडियो स्टोरीज, र लेखहरू मार्फत तपाईंको व्यवसायलाई प्रवर्द्धन गर्न प्रतिबद्ध छौं। मन परेमा लाइक, सेयर, र सब्सक्राइब गर्न नबिर्सनुहोस्।

Scroll to Top