अमेरिकामा चम्किँदै नेपालीको नयाँ पुस्ता

अमेरिका बस्ने दोस्रो पुस्ताका नेपालीहरुले उदाहरणिय काम गरिरहेका छन् । 

कसैले विश्वप्रसिद्ध विश्वविध्यालयमा पुर्ण छात्रवृत्तिमा नाम निकालेर पढ्न लागि परेका छन् त कसैले कम्प्युटर प्रोग्रामिगं, एआइ जस्ता विषयमा आफूलाई अब्बल साबित गरिरहेका छन् । भर्जिनियाँमा बसोबास गर्ने दोस्रो पुस्ताका नेपालीहरुले भर्खरै एउटा नयाँ पडकास्टको शुरुवात गरेका छन् । द सेकेन्ड जेनेरेशन पडकास्ट दोस्रो पुस्ताद्वारा दोस्रो पुस्ताकै लागि बनाइएको पडकास्ट हो । यसको पहिलो भाग युट्युबमा उपलब्ध छ जसमा एक अमेरिकी नेपाली श्रेया र प्रकृति बिचको अनुकरणिय कुराकानी हेर्न र सुन्न सकिन्छ । सानैमा नेपालबाट अमेरिका आएकी प्रकृतिले कस्ता अप्ठ्याराहरुको सामना गर्नुपर्‍यो, कस्तो छ अहिलेको अमेरिकी जीवन लगायतका उनका भविष्यका योजनाहरुका बारेमा यो पडकास्टमा कुरा गरिएको छ । यो पडकास्ट हेर्न सुन्नका लागि युट्युबमा एलिट मिडियाको च्यानल भिजिट गर्न सक्नुहुन्छ । 

Scroll to Top