
Ananta Nepal
View Profile
यस विशेष एपिसोडमा, होस्ट अनन्त नेपालले अमेरिकाको भर्जिनियामा रहेको Onest Real Estate र 3E Entertainment की संस्थापक अञ्जना बुढाथोकी संग विशेष कुराकानी गरेका छन्।
बुढाथोकीले व्यवसाय र जागिरको भिन्नताबारे आफ्ना अनुभवहरू साट्नुभएको छ । जागिरमा अरूको लागि काम गर्नु पर्ने हुन्छ, तर व्यवसायमा भने सधैं जिम्मेवारी बोकेर हिँड्नु पर्छ। तर, व्यवसायी हुनुको सबैभन्दा ठूलो फाइदा भनेको स्वतन्त्रता हो, जुन जागिरबाट सम्भव हुँदैन।
अन्जनाको व्यवसायिक यात्राको कथा निकै प्रेरणादायी छ।
१६ वर्षको उमेरमा आफ्नी आमाबाट पाएको ५० हजार रुपैयाँ अन्जनाका लागि चुनौती थियो । उहाँले आफ्ना दाजुसँग मिलेर मिडिया प्रोडक्सन हाउस खोलेर व्यवसायिक यात्रा शुरु गर्नुभयो । अहिले उहाँ अमेरिकाको डिएमभि क्षेत्रमा कैयन व्यवसायको मालिक र व्यवस्थापक हुनुहुन्छ । परिवार र व्यवसायलाई सन्तुलनमा राख्ने चुनौतीका विषयमा अन्जनाले यो पडकास्टमा आफ्ना अनुभव सुनाउनुभएको छ ।
मिडियामा सानैदेखि रुचि राख्ने अञ्जनाले Times FM बाट आर जेको रूपमा यात्रा सुरु गर्नुभयो । उहाँको डकुमेन्ट्रि “Tragedy for the Liberty” न्युयोर्कको फिल्म फेस्टिवलमा छनोट भयो, तर भिसा अफिसरले उहाँलाई “अझै सानो छ्यौ” भन्दै भिसा अस्वीकृत गरिदिए। तर, दृढ संकल्पका साथ पुनः प्रयास गर्दा भोलिपल्टै भिसा पाएर उहाँको टिम फिल्म फेस्टिवलमा सहभागि हुन सफल भयो ।
सफलता र खुसीको व्यक्तिपिच्छे परिभाषा फरक हुन्छन् । आज अन्जनाको ओनेस्ट रियालटी कम्पनिमा २० भन्दा बढी रियालटरहरु छन् र ओनेस्ट डिएमभि क्षेत्रका अग्रणी रियल स्टेट ब्रोकरेज कम्पनि मध्येको एउटामा पर्छ ।
व्यवसायिक सफलता मात्रै भएर पुग्दैन, परिवारसँगको आत्मिय सम्बन्ध पनि उत्तिकै महत्वपूर्ण हुन्छ । अन्जना परिवारसँग समय बिताउन मन पराउनुहुन्छ र फुर्सदको समय सकेसम्म परिवार र छोराछोरीसँग बिताउनुहुन्छ । आमा हुनुको महत्व बुझ्न सके मात्र व्यवसायमा पनि सफल हुन सकिन्छ भन्ने धारणा बोक्नुहुने अन्जना जन्मभूमीबाट जति नै टाढा रहेपनि आफ्नै मूल र सँस्कृतिलाई सधैँ आत्मसात् गर्नुपर्छ भन्नेमा जोड दिनुहुन्छ ।
उनको यात्रा नेपाली महिलाहरू मात्र नभई सम्पूर्ण प्रवासी नेपालीहरूका लागि प्रेरणादायी छ। आउनुहोस्, नेपालीहरूको सफलताको कथा संसारभरि फैलाऔं!
🎥 पूरा भिडियो हेर्न नबिर्सनुहोस्!
Related
तपाईंको आवाजलाई विश्वसम्म पुर्याउने एउटा प्लेटफर्म
NepalTalks अमेरिकाबाट संचालित डिजिटल प्ल्याटफर्म हो । जसले अमेरिकामा रहेका नेपाली समुदायका कथा, अनुभव, र सफलतालाई विश्वमाझ पुर्याउँछ। हाम्रो उद्देश्य हो:
- सांस्कृतिक प्रवर्द्धन: नेपाली भाषा, कला, र संस्कृति जोगाउने।
- व्यवसाय प्रवर्द्धन: नेपाली व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने।
- समुदाय निर्माण: नेपाली डायस्पोराका आवाज र अनुभवहरूलाई जोड्ने।
हामी अन्तर्वार्ता, पोडकास्ट, भिडियो स्टोरीज, र लेखहरू मार्फत तपाईंको व्यवसायलाई प्रवर्द्धन गर्न प्रतिबद्ध छौं। मन परेमा लाइक, सेयर, र सब्सक्राइब गर्न नबिर्सनुहोस्।