नेपालको रंगमंच देखि अमेरिकाको लाइब्रेरी सम्मको प्रेरणादायी यात्रा– Sahadev Poudel | Maker Lab

fea9cf17-8663-4354-9ca0-90a64ac44147 (1)
Ananta Nepal

View Profile

यस एपिसोडमा, नेपाल टक्सका होस्ट अनन्त नेपालले Fairfax Library, Virginia को भ्रमण गर्दै Maker Lab का Coordinator सहदेव पौडेलसँग कुराकानी गरेका छन् । सहदेव २० वर्षअघि अमेरिका आउनुभएको थियो । नेपालमा नाटक तथा रंगमञ्च क्षेत्रमा संलग्न रहनुभएका उहाँ सुरुमा न्यूयोर्क आउनुभयो र होटल, अल्कोहल स्टोर लगायतका विभिन्न काम गर्दै अहिले Fairfax Library मा आफ्नो करियर बनाउन सफल हुनुभएको छ।

समुदायको योगदानमा सधैँ रुची राख्ने पौडेलले सन् २००७-२०१५ को बीचमा “हिमाली स्वरहरू” नामक कम्युनिटी मिडिया च्यानल सञ्चालन गर्नुहुन्थ्यो । 

Fairfax क्षेत्रमा तीनवटा Maker Lab हरू छन्, जहाँ सर्वसाधारणले 3D प्रिन्टिंग, सिलाई, एम्ब्रोइडरी जस्ता प्रविधिहरू निःशुल्क प्रयोग गर्न सक्छन्। Maker Lab को मूल आदर्श “Explore & Learn” रहेको छ, जसले हरेकलाई नयाँ प्रविधि सिक्न र अन्वेषण गर्न प्रेरित गर्छ।

यस भिडियोमा, सहदेवले 3D प्रिन्टिंग को डेमो दिँदै Cameo cutting machine, custom printing लगायतका पुस्तकालयमा उपलब्ध उपकरणहरू देखाउनुभएको छ । साथै, पुस्तकालयले बालबालिकाका लागि स्टोरी टेलिङ, भाषा सिक्ने अवसर, रोबोटिक्स कोर्स जस्ता विभिन्न सेवाहरू प्रदान गर्छ। आप्रवासीहरूले पनि यी सेवाहरूबाट धेरै फाइदा लिन सक्छन्।

सहदेव पौडेलको सपना कुनै पुस्तकालयको प्रमुख Librarian बन्ने हो, र उहाँलाई सार्वजनिक सेवा र पुस्तकालय प्रणाली प्रति गहिरो रुचि छ।

नेपाल टक्समा, हामी यस्ता प्रेरणादायी कथाहरू प्रस्तुत गर्न प्रतिबद्ध छौं। तपाईं पनि आफ्नो नजिकको पुस्तकालयको सेवाहरू अवलोकन गरेर फाइदा लिन सक्नुहुन्छ।

📢 यस भिडियोलाई हेर्नुहोस्, लाइक र शेयर गरेर प्रवासी नेपालीका सफल कथालाई अरु सामु पुर्‍याउन पनि सहयोग गर्नुहोस् ! 

तपाईंको आवाजलाई विश्वसम्म पुर्याउने एउटा प्लेटफर्म

NepalTalks अमेरिकाबाट संचालित डिजिटल प्ल्याटफर्म हो । जसले अमेरिकामा रहेका नेपाली समुदायका कथा, अनुभव, र सफलतालाई विश्वमाझ पुर्याउँछ। हाम्रो उद्देश्य हो:

  • सांस्कृतिक प्रवर्द्धन: नेपाली भाषा, कला, र संस्कृति जोगाउने।
  • व्यवसाय प्रवर्द्धन: नेपाली व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने।
  • समुदाय निर्माण: नेपाली डायस्पोराका आवाज र अनुभवहरूलाई जोड्ने।

हामी अन्तर्वार्तापोडकास्टभिडियो स्टोरीज, र लेखहरू मार्फत तपाईंको व्यवसायलाई प्रवर्द्धन गर्न प्रतिबद्ध छौं। मन परेमा लाइक, सेयर, र सब्सक्राइब गर्न नबिर्सनुहोस्।

Scroll to Top