गीत, संघर्ष र सपनाहरू: अमेरिकामा बसन्त खड्काको यात्रा

fea9cf17-8663-4354-9ca0-90a64ac44147 (1)
Ananta Nepal

View Profile

नेपालटक्स (NepalTalks) को यस विशेष एपिसोडमा, होस्ट अनन्त नेपालले चर्चित नेपाली गायक बसन्त खड्कासँग रमाइलो कुराकानी गरेका छन्। उनले आफ्नो अमेरिका यात्राको कथा, यहाँको संघर्ष, सफलता र नेपाली समुदायमा गरेको योगदानबारे खुलस्त रुपमा सेयर गरेका छन्।

२००५ मा साथीको बोलावटमा अमेरिका आएका बसन्त खड्का हाल High Point, NC मा बसोबास गर्दै आएका छन्। सुरुवाती दिनहरूमा ग्याँस स्टेशनमा काम गर्दा आएका कठिनाइहरू, नेपाल फर्किने सोच र अन्ततः अमेरिकाले दिएको अवसरलाई कसरी सम्हाले भन्नेबारे उनले आफ्ना अनुभव बाँडेका छन्। अहिले उनी Thermo Fisher Scientific मा १७ वर्षदेखि कार्यरत छन्।

उनको सङ्गीत यात्रा, नेपालका केही चर्चित गायक-गायिकासँग काम गरेको अनुभव, उत्कृष्ट संगीत संयोजक र उत्कृष्ट गीतको महत्वबारे उनले गहिरो चर्चा गरेका छन्। साथै, उनले आफ्नो प्रेरणादायी गुरु राम प्रसाद पोखरेलबाट सिकेका जीवन मूल्यहरू पनि साझा गरेका छन्।

यस एपिसोडमा बसन्त खड्काले आफ्ना केही लोकप्रिय गीतहरू समेत गाएका छन्, जसले कार्यक्रमलाई अझ विशेष बनाएको छ। नेपाली समुदायको सफलता र सकारात्मक ऊर्जालाई मनाउने यो रमाइलो संवाद नछुटाउनुहोस्!

🔥 हेर्नुहोस्, सुन्नुहोस्, र साझा गर्नुहोस् – नेपाली प्रतिभा र संघर्षको कथा! 🎶🙏

तपाईंको आवाजलाई विश्वसम्म पुर्याउने एउटा प्लेटफर्म

NepalTalks अमेरिकाबाट संचालित डिजिटल प्ल्याटफर्म हो । जसले अमेरिकामा रहेका नेपाली समुदायका कथा, अनुभव, र सफलतालाई विश्वमाझ पुर्याउँछ। हाम्रो उद्देश्य हो:

  • सांस्कृतिक प्रवर्द्धन: नेपाली भाषा, कला, र संस्कृति जोगाउने।
  • व्यवसाय प्रवर्द्धन: नेपाली व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने।
  • समुदाय निर्माण: नेपाली डायस्पोराका आवाज र अनुभवहरूलाई जोड्ने।

हामी अन्तर्वार्तापोडकास्टभिडियो स्टोरीज, र लेखहरू मार्फत तपाईंको व्यवसायलाई प्रवर्द्धन गर्न प्रतिबद्ध छौं। मन परेमा लाइक, सेयर, र सब्सक्राइब गर्न नबिर्सनुहोस्।

Scroll to Top