सफलताको कथा – अपला उपाध्यायासँगको अन्तरवार्ता

fea9cf17-8663-4354-9ca0-90a64ac44147 (1)
Ananta Nepal

View Profile

यस एपिसोडमा, हामी अपला उपाध्यायाको प्रेरणादायी यात्रा सुन्नेछौं—कसरी उहाँले आफ्नो करियर मोडलिङबाट सुरू गर्नुभयो र पछि एक प्रोफेशनल प्रजेक्ट म्यानेजरका रुपमा अमेरिका भरि सफलता प्राप्त गर्नुभयो

अपलाले आफ्नो संघर्ष, अवसर, र सफलताका सूत्रहरू बाँड्नुभएको छ । उहाँले कसरी सही मानसिकता, लक्ष्य निर्धारण, र निरन्तर सही कदम चाल्नु नै सफलता प्राप्त गर्ने मूल मन्त्र हो भन्नेबारे खुलस्त कुरा गर्नुभएको छ ।

उहाँले एक आप्रवासीका रूपमा अमेरिका आउँदा भोगेका चुनौतीहरू, आफ्नो करियर निर्माणका क्रममा गरेको संघर्ष, र आफ्नो व्यस्त जीवनशैलीलाई कसरी सन्तुलनमा राख्नुभयो भन्ने बताउनुभएको छ । उहाँले धेरै वर्षसम्म थकान र निद्राको अभावका बाबजुद लक्ष्य प्राप्त गर्नका लागि कफीमा भर पर्नु परेको अनुभवसमेत साझा गर्नुभएको छ ।

साथै, नेपाल र अमेरिकाको कार्यशैली तथा व्यावसायिक आचारसंहिताको भिन्नता, परिवार र करियरबीच सन्तुलन कसरी राख्ने, र सफलता प्राप्त गर्न अरूको अनुभवबाट सिक्नुपर्ने कुराको महत्त्वबारे पनि उनले आफ्ना विचार राखेकी छिन्।

यस प्रेरणादायी कुराकानी सुन्नुहोस्, हौसला लिनुहोस्, र नेपालीहरूका सफलता कथाहरू साझा गर्न नबिर्सनुहोस्! 🚀✨

तपाईंको आवाजलाई विश्वसम्म पुर्याउने एउटा प्लेटफर्म

NepalTalks अमेरिकाबाट संचालित डिजिटल प्ल्याटफर्म हो । जसले अमेरिकामा रहेका नेपाली समुदायका कथा, अनुभव, र सफलतालाई विश्वमाझ पुर्याउँछ। हाम्रो उद्देश्य हो:

  • सांस्कृतिक प्रवर्द्धन: नेपाली भाषा, कला, र संस्कृति जोगाउने।
  • व्यवसाय प्रवर्द्धन: नेपाली व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने।
  • समुदाय निर्माण: नेपाली डायस्पोराका आवाज र अनुभवहरूलाई जोड्ने।

हामी अन्तर्वार्तापोडकास्टभिडियो स्टोरीज, र लेखहरू मार्फत तपाईंको व्यवसायलाई प्रवर्द्धन गर्न प्रतिबद्ध छौं। मन परेमा लाइक, सेयर, र सब्सक्राइब गर्न नबिर्सनुहोस्।

Scroll to Top