
Ananta Nepal
View Profile
नेपालटक्सको नयाँ भिडियो एपिसोडमा, हालै अमेरिकाबाट डिपोर्ट भएका भुटानी शरणार्थीहरूको अवस्थाबारे गहिरो चर्चा गरिएको छ। लाखौं भुटानी शरणार्थीहरू संयुक्त राष्ट्रसंघको पुनर्वास कार्यक्रममार्फत अमेरिका लगायत आठ देशमा पुनर्वास गरिए। तर हालै, कम्तीमा २० जना भुटानी शरणार्थीहरूलाई अमेरिका सरकारले क्रिमिनल आरोपका आधारमा देश निकाला गर्यो।
यी व्यक्तिहरूलाई भुटान लगिए पनि भुटान सरकारले केवल एक रातका लागि उनीहरूलाई राख्यो र त्यसपछि जबर्जस्ती भारत हुँदै नेपाल पठायो। उनीहरूलाई कुनै कानुनी प्रक्रिया बिना धम्क्याएर एक किसिमको सहमति गराएर नेपाल जान बाध्य बनाइयो। भुटानबाट फुन्सलिङ बोर्डर हुँदै भारतको जयगाउँ सहरमा ल्याइएपछि, ट्याक्सीमा चढाएर भारत-नेपाल सीमा पानीट्यांकी नजिकको ‘डंकी रुट’ प्रयोग गरी उनीहरूलाई नेपाल भित्र्याइयो।
नेपाल छिरेपछि, उनीहरूलाई काकाको घरमा शरण लिएको देखिएको थियो तर भिडभाड र हल्ला भएपछि नेपाली प्रहरीले उनीहरूलाई पक्राउ गर्यो। हाल उनीहरू अवैध रुपमा नेपाल प्रवेश गरेको अभियोगमा हिरासतमा छन्। सर्वोच्च अदालतले भने हालै उनीहरूलाई तुरुन्त भुटान नफिर्ता गर्न अन्तरिम आदेश दिएको छ।
यस घटनाले अन्तर्राष्ट्रिय पुनर्वास, मानव अधिकार र राष्ट्रहरूको जिम्मेवारीका गम्भीर प्रश्न उठाएको छ। भुटानले आफ्ना नागरिकलाई स्वीकारेपछि फेरी जबर्जस्ती बाहिर निकाल्नु अन्तर्राष्ट्रिय कानुनको उल्लंघन हो। अमेरिका जस्तो लोकतान्त्रिक मुलुकबाट यस्ता व्यक्तिहरूलाई मानव अधिकार उल्लंघन गर्ने देशमा पठाइनुमा तीव्र आलोचना गरिएको छ। भारतले पनि यी घटनामा मौनता अपनाएको देखिन्छ।
यो मुद्दा अब कानुनी, कूटनीतिक र मानवीय तहमा थप चासोको विषय बनेको छ। नेपालTalksको यस विशेष रिपोर्टमा, पीडितहरूको पक्ष र अन्तर्राष्ट्रिय व्यवस्थामाथिको प्रश्नलाई उजागर गरिएको छ – जहाँ मानव अधिकार र गरिमापूर्ण जीवनको सवाल अझै गम्भीर चुनौतीमा रहेको छ।
तपाईंको आवाजलाई विश्वसम्म पुर्याउने एउटा प्लेटफर्म
NepalTalks अमेरिकाबाट संचालित डिजिटल प्ल्याटफर्म हो । जसले अमेरिकामा रहेका नेपाली समुदायका कथा, अनुभव, र सफलतालाई विश्वमाझ पुर्याउँछ। हाम्रो उद्देश्य हो:
- सांस्कृतिक प्रवर्द्धन: नेपाली भाषा, कला, र संस्कृति जोगाउने।
- व्यवसाय प्रवर्द्धन: नेपाली व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने।
- समुदाय निर्माण: नेपाली डायस्पोराका आवाज र अनुभवहरूलाई जोड्ने।
हामी अन्तर्वार्ता, पोडकास्ट, भिडियो स्टोरीज, र लेखहरू मार्फत तपाईंको व्यवसायलाई प्रवर्द्धन गर्न प्रतिबद्ध छौं। मन परेमा लाइक, सेयर, र सब्सक्राइब गर्न नबिर्सनुहोस्।