बियर Salesman बाट फिनटेक कम्पनीको सीईओसम्मको यात्रा – बालकृष्ण जोशी र XUNO को प्रेरणादायी कथा

fea9cf17-8663-4354-9ca0-90a64ac44147 (1)
Ananta Nepal

View Profile

NepalTalks को यो विशेष एपिसोडमा हामी लिएर आएका छौं एक यस्तो नेपाली-अमेरिकी उद्यमीको कथा, जसले कठिनाइका बाबजुद आफ्नै बाटो बनाउँदै विश्व फिनटेक क्षेत्रमा आफूलाई स्थापित गरेका छन्।

बालकृष्ण जोशी, Thamel.com का संस्थापक र हाल अमेरिका स्थित फिनटेक स्टार्टअप XUNO का संस्थापक तथा सीईओ हुन्। यो एपिसोडमा उहाँले आफ्ना तीन दशकभन्दा लामो व्यवसायिक यात्राबारे चर्चा गर्नुहुन्छ, जुन यात्रा अमेरिका पढाई सकेर नेपाल फर्केपछि सुरु भएको थियो।

उहाँ सम्झनुहुन्छ, “मेरो पहिलो जागिर बियर बेच्ने थियो“, जुन अनुभवले उहाँलाई नेपाली बजार र उपभोक्ताको व्यवहार बुझ्न मद्दत गर्‍यो। पारिवारिक व्यवसायबाट अलग हुँदै आफ्नै पहिचान बनाउनुभएको यो यात्राले उहाँलाई नेपाल र अन्तर्राष्ट्रिय बजार दुबैको गहिरो ज्ञान दिलायो।

उहाँको पहिलो ठूलो व्यवसायिक प्रयास थियो Thamel.com, जसले संसारभर रहेका नेपालीलाई आफ्ना परिवार र आफन्तलाई उपहार पठाउन सजिलो बनाएको थियो। Thamel.com को सफलतापछि उहाँको ध्यान प्रविधिमा गयो—विशेषतः फिनटेक मा।

आज उहाँ XUNO नामक कम्पनीको नेतृत्व गर्दै हुनुहुन्छ, जुन Involute Inc. अन्तर्गत विकास गरिएको हो। XUNO एक नवीनतम फिनटेक प्लेटफर्म हो, जसले बोर्डरलेस पेमेन्ट सिस्टम लाई पुनः परिभाषित गर्दैछ।

यस एपिसोडमा उहाँले कसरी XUNO ले विश्वभरका बैंकहरूसँग सहकार्य गरेर दुवै व्यक्ति र व्यवसायका लागि झन्झटरहित, छरितो, र निशुल्क पैसा आदानप्रदान गर्ने व्यवस्था गरिरहेको छ भन्ने कुरामा गहिरो जानकारी दिनुहुन्छ।

एक रोचक पक्ष के हो भने, XUNO ले ग्राहकबाट कुनै शुल्क नलिईकन कसरी आफ्नो आम्दानी गर्छ भन्ने कुराको पनि उहाँले व्याख्या गर्नुहुन्छ। उहाँ बताउनुहुन्छ कि, XUNO को मोडेलले बैंकहरू बीचको सहकार्यलाई सहज बनाउँदै मानिसहरूलाई सजिलै पैसा पठाउने सुविधा दिन्छ।

 

उहाँले नेपाल सरकारले पनि अनियन्त्रित रूपमा भित्र-बाहिर भइरहेका आर्थिक कारोबारहरू लाई नियमन गर्न आवश्यक रहेको कुरा बुझेको उल्लेख गर्नुहुन्छ। यस पृष्ठभूमिमा XUNO को कामले बैंकहरूमाझ पुल निर्माण गर्दैछ।

 

तपाईंको आवाजलाई विश्वसम्म पुर्याउने एउटा प्लेटफर्म

NepalTalks अमेरिकाबाट संचालित डिजिटल प्ल्याटफर्म हो । जसले अमेरिकामा रहेका नेपाली समुदायका कथा, अनुभव, र सफलतालाई विश्वमाझ पुर्याउँछ। हाम्रो उद्देश्य हो:

  • सांस्कृतिक प्रवर्द्धन: नेपाली भाषा, कला, र संस्कृति जोगाउने।
  • व्यवसाय प्रवर्द्धन: नेपाली व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने।
  • समुदाय निर्माण: नेपाली डायस्पोराका आवाज र अनुभवहरूलाई जोड्ने।

हामी अन्तर्वार्तापोडकास्टभिडियो स्टोरीज, र लेखहरू मार्फत तपाईंको व्यवसायलाई प्रवर्द्धन गर्न प्रतिबद्ध छौं। मन परेमा लाइक, सेयर, र सब्सक्राइब गर्न नबिर्सनुहोस्।

Scroll to Top