
Ananta Nepal
View Profile
मैले कार्यक्रम बनाएबापत पैसा पाउँछु?
‘बिहानी’ एउटा फ्रि एप्लिकेशन र समुदाय लक्षित भएकाले तत्कालका लागि कार्यक्रम नै बनाए बापत पैसा आउँदैन । तर कुनै व्यवसाय वा विज्ञापन दाताले तपाइँको कार्यक्रममा आफ्नो विज्ञापन बजाउन चाहेमा, निश्चित प्रतिशत बिहानीको प्रविधि र प्रशासनिक खर्चका लागि कट्टा गरेर बाँकी पैसा तपाइँले आर्जन गर्न सक्नुहुन्छ ।
कस्ता कस्ता कार्यक्रम बनाउनेलाई प्राथमिकता दिइन्छ ?
रचनात्मक क्रियाकलापलाई एउटा परिधिमा बाँधेर राख्न सकिँदैन । त्यसैले तपाइँको रुचि अनुसारको कम्तिमा १० वटा भागहरु बनाउन सकिने अडियो सामग्रिको प्रारुप वा योजना छन् भने कार्यक्रम बनाएर प्रश्तुत गर्न सक्नुहुन्छ ।

कस्ता कस्ता कार्यक्रम वर्जित छन् ?
नितान्त व्यक्तिगत उत्पादन बाहेकका अन्य व्यक्ति, संचार माध्यम वा प्रतिलिपि अधिकार अरु नै व्यक्ति वा संस्थामा रहेका सामग्रि, सामग्रिका अंश वर्जित छन् । हामी प्रविधिको प्रयोग गरेर त्यस्ता सामग्रिहरु पत्ता लगाउँछौ, एप्लिकेशनबाट हटाउँछौँ र भविष्यमा फेरी कार्यक्रम प्रश्तुत गर्नबाट वञ्चित गर्नेछौँ ।
बिहानीको उद्देश्य के हो ?
आदिम काल देखि नै ध्वनि र संचार समग्र मानव जातीको विकासका लागि अभिन्न अंग रहिआएको छ । सामाजिक संजालहरुले जेलेको अधिक सूचना र अनावश्यक सूचनाले हामी र हाम्रा बालबालिकाका मस्तिष्कमा अत्यन्त नकारात्मक प्रभाव पारेको तपाइँ हामी सबैलाई जानकारी नै छ । त्यसैले चाहे सूचना होस् वा मनोरन्जन, साहित्य होस् वा संगीत हात हातमा भएको मोबाइलबाटै उच्चस्तरका आवाज सहित सुन्ने प्लयाटफर्मको चरम आवश्यकता महसुस गरि अमेरिकामा स्थापित नेपाल मिडिया ग्रुपले ‘बिहानी’लाई सार्थक बनाएको हो । विदेशमा बस्ने नेपाली र नेपाली बालबालिका लागि नेपाली, संस्कृत लगायतका भाषा सिकाउने कार्यक्रम, रचनात्मक बन्न अभिप्रेरित गर्ने सामग्रिहरु र अरु थुप्रै यस्ता रचनाहरुले हाम्रो भाषा संस्कृतिलाई जीवन्त राखिराख्न मद्दत गर्छ भन्ने हाम्रो विश्वास छ । सूचना, समाचार, संगीत, मनोरंजनले ‘बिहानी’ मा सुनको जलप लगाउनेमा हामी ढुक्क छौँ ।

थप जानकारी चाहे कसरी सम्पर्क गर्ने ?
हाम्रो इमेल ठेगाना Admin@NepalTalks.US मा इमेल गर्नुहोस्, हामी सकेसम्म चाँडो तपाइँको प्रश्नको उत्तर दिने कोशिस गर्नेछौँ ।
तपाईंको आवाजलाई विश्वसम्म पुर्याउने एउटा प्लेटफर्म
NepalTalks अमेरिकाबाट संचालित डिजिटल प्ल्याटफर्म हो । जसले अमेरिकामा रहेका नेपाली समुदायका कथा, अनुभव, र सफलतालाई विश्वमाझ पुर्याउँछ। हाम्रो उद्देश्य हो:
- सांस्कृतिक प्रवर्द्धन: नेपाली भाषा, कला, र संस्कृति जोगाउने।
- व्यवसाय प्रवर्द्धन: नेपाली व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने।
- समुदाय निर्माण: नेपाली डायस्पोराका आवाज र अनुभवहरूलाई जोड्ने।
हामी अन्तर्वार्ता, पोडकास्ट, भिडियो स्टोरीज, र लेखहरू मार्फत तपाईंको व्यवसायलाई प्रवर्द्धन गर्न प्रतिबद्ध छौं। मन परेमा लाइक, सेयर, र सब्सक्राइब गर्न नबिर्सनुहोस्।