
Ananta Nepal
View Profile
यस नेपाल टक्सको विशेष एपिसोडमा हामीले लिएर आएका छौं एक अत्यन्तै गहन, सौम्य र चेतनाले भरिएको संवाद – भूषिता वशिष्ठ सँग। साहित्यकार, कवि वशिष्ठ एक Fulbright Scholar, Reed जस्तो Pushcart-award जितेको म्यागजिनकी Fiction Editor तथा Copy Editing Chief रहिसक्नुभएको छ । हाल धरान बस्नुहुने वशिष्ठ साहित्य, आध्यात्म, दर्शन र जीवनका गहिरा पक्षहरूमाथि आधारित आफ्ना विचारहरुले सामाजिक संजाल र संचार माध्यमहरुमा परिचित हुनुहुन्छ ।
अमेरिकाबाट नेपाल टक्सका होस्ट अनन्त नेपाल र धरानबाट भूषिता वशिष्ठको यो पडकास्ट रिमोट रेकर्डिगं गरिएको हो ।
गणेश र सरस्वती वन्दना बाट कुराकानीको सुरु हुन्छ , जसले पूर्वीय साहित्यको भाकापन, अनुप्रास, यमक अलङ्कार जस्ता गहिरा पक्षहरूलाई उजागर गर्छ। उहाँका शब्दहरूमा पूर्वीय साहित्य एउटा सौन्दर्य र चिन्तनको संसार हो, जसको जरा गहिरो अनुभूति र लयमा समाहित छ ।
“सुरु राम्रो गर्ने कि अन्त्य राम्रो गर्ने?” भन्ने प्रश्नमा उहाँको उत्तर सरल छ – “प्रकृतिको बगाइसँगै बग्न सिक्नुपर्छ।” उहाँको विचारमा सफलताको प्रमुख आधार हो सकारात्मक मनस्थिति, शुद्ध नियत र प्राकृतिक लयसँग तालमेल ।
भूषिता वशिष्ठ सत्यको अवधारणा निकै फरक ढंगले व्याख्या गर्नुहुन्छ। उहाँ भन्नुहुन्छ, “सत्य सापेक्ष हुन्छ, तपाईंको सत्य मेरो सत्य नहुन सक्छ ।” संसारमा मात्र ज्ञात र अज्ञात होइन, अज्ञेय (Unknowable) पनि छ जुन हाम्रो वरिपरि त छ तर हाम्रो चेतनाले बुझ्न वा ठम्याउन र पहिचान गर्न सक्दैन ।
उहाँले holographic universe र हाम्रो सपनाको संसारसँग वास्तविकताबीचको फरकबारे पनि चर्चा गर्नुभएको छ । निद्राको समयमा हाम्रो अनुभूति फरक हुन्छ भने बिउँझिएको बेला अर्कै, त्यसैले वास्तविकता पनि एउटा मानसिक संरचना हो, स्थायी होइन।
उहाँ तत्काल लाभ (instant gratification) खोज्ने प्रवृत्ति प्रति सचेत गराउन चाहनुहुन्छ । उहाँका भनाइमा हाम्रो निष्ठा सत्यप्रति हुनु पर्छ, न कि ताली र वाहवाहीप्रति। व्यक्ति र समाजले आत्मकेन्द्रित सोचभन्दा माथि उठेर, दया, शान्ति र सह-अस्तित्वतर्फ ध्यान दिनु आजको आवश्यकता हो।
युट्युबमा उपलब्ध माथिको पडकास्ट हेरेर सुनेर धेरै जनाले कमेन्ट र प्रतिक्रिया दिनुभएको छ । एक कमेन्टरका अनुसार यो एपिसोड सौम्य, सुललित, सुरुचिपूर्ण, श्रुतिमधुर, स्वर्णिम, स्निग्ध, सार्थक, सारगर्भित, सबल एवम् सम्मोहक संवाद हो – जसले तपाईंलाई सोच्न, महसुस गर्न र आत्मअन्वेषण गर्न प्रेरित गर्छ।
NepalTalks मा हामी विश्वास गर्छौं कि भूषिता वशिष्ठ जस्ता आवाजहरूले हाम्रो समुदायमा चेतना, प्रेरणा र शान्तिको सन्देश दिन्छन्।
पूरा भिडियो हेर्नुहोस्, विचार साझा गर्नुहोस्, र यो चिन्तनको यात्रालाई साथ दिनुहोस्।
🌏 NepalTalks – जहाँ नेपाली आवाज विश्वभर गुञ्जिन्छ।
तपाईंको आवाजलाई विश्वसम्म पुर्याउने एउटा प्लेटफर्म
NepalTalks अमेरिकाबाट संचालित डिजिटल प्ल्याटफर्म हो । जसले अमेरिकामा रहेका नेपाली समुदायका कथा, अनुभव, र सफलतालाई विश्वमाझ पुर्याउँछ। हाम्रो उद्देश्य हो:
- सांस्कृतिक प्रवर्द्धन: नेपाली भाषा, कला, र संस्कृति जोगाउने।
- व्यवसाय प्रवर्द्धन: नेपाली व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने।
- समुदाय निर्माण: नेपाली डायस्पोराका आवाज र अनुभवहरूलाई जोड्ने।
हामी अन्तर्वार्ता, पोडकास्ट, भिडियो स्टोरीज, र लेखहरू मार्फत तपाईंको व्यवसायलाई प्रवर्द्धन गर्न प्रतिबद्ध छौं। मन परेमा लाइक, सेयर, र सब्सक्राइब गर्न नबिर्सनुहोस्।