
Ananta Nepal
View Profile
यस एपिसोडमा नेपाल टक्सका होस्ट अनन्त नेपाल पाँच नेपाली युवाहरुको प्रेरणादायी यात्रालाई उनीहरुकै माध्यमबाट खोतल्ने प्रयास गरेका छन् । यी पाँच जना युवाले नर्थ केरोलाइनाको हाइपोइन्ट शहरबाट Humble Home Care सेवा सुरु गरेका छन्।
यो सेवामुलक व्यवसायका साझेदारहरू उत्कृष्ट, अमित, दिपेश, बिबेक, र बेनु गिरी ले कम्पनी सुरु गर्ने प्रेरणा, बृद्धबृद्धा हेरचाह गर्ने प्रक्रिया, र नर्थ क्यारोलिनामा १०० माइल भित्र प्रदान गरिने सेवा क्षेत्रको बारेमा यो भिडियोमा जानकारी दिएका छन् ।
बिबेकले कसरी कोही NC Medicaid मार्फत सेवा प्राप्त गर्न योग्य हुन सक्छन् र घरमै सेवा कसरी उपलब्ध गराइन्छ भन्ने विषयमा चर्चा गरेका छन् ।
उनीहरूले आफ्ना सेवाहरू, बृद्धबृद्धाको हेरचाहमा केन्द्रित आफ्नो समर्पण, र नेपाली समुदायलाई कसरी सहयोग पुर्याइरहेका छन् भन्नेबारे जानकारी दिए। तपाइँ पनि आफ्ना लागि वा आफ्ना अभिभावकका लागि यो सेवा प्राप्त गर्न इच्छुक हुनुहुन्छ भने Humble Home Care लाई सम्पर्क गर्न सक्नुहुन्छ ।
हामी यी युवाहरूको मेहनत र सामाजिक सेवामा समर्पण देखेर अत्यन्त गर्व गर्छौं। उनीहरूलाई सफल यात्राको शुभकामना!
यस प्रेरणादायी कथा हेर्नुहोस्, मन पराउनुहोस्, सेयर गर्नुहोस्, र अमेरिकामा नेपालीहरूको सफलता विश्वभर पुर्याउन मद्दत गर्नुहोस्!
Related Business
तपाईंको आवाजलाई विश्वसम्म पुर्याउने एउटा प्लेटफर्म
NepalTalks अमेरिकाबाट संचालित डिजिटल प्ल्याटफर्म हो । जसले अमेरिकामा रहेका नेपाली समुदायका कथा, अनुभव, र सफलतालाई विश्वमाझ पुर्याउँछ। हाम्रो उद्देश्य हो:
- सांस्कृतिक प्रवर्द्धन: नेपाली भाषा, कला, र संस्कृति जोगाउने।
- व्यवसाय प्रवर्द्धन: नेपाली व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने।
- समुदाय निर्माण: नेपाली डायस्पोराका आवाज र अनुभवहरूलाई जोड्ने।
हामी अन्तर्वार्ता, पोडकास्ट, भिडियो स्टोरीज, र लेखहरू मार्फत तपाईंको व्यवसायलाई प्रवर्द्धन गर्न प्रतिबद्ध छौं। मन परेमा लाइक, सेयर, र सब्सक्राइब गर्न नबिर्सनुहोस्।