अमेरिकाका ‘Meat Doctor’ र उनका सपना – आफ्नो फार्मलाई USDA सर्टिफाइड बनाए

fea9cf17-8663-4354-9ca0-90a64ac44147 (1)
Ananta Nepal

View Profile

यस एपिसोडमा, हाम्रो होस्ट अनन्त नेपालले ह्यारिसबर्ग, पेन्सिल्भेनियामा रहेको Brook Meadow Farm का सञ्चालक राजु बजाजसँग रमाइलो कुराकानी गर्नुहुन्छ। उनीहरू मासु डेलिभरी भ्यानको छेउमा उभिएर गोठालो जीवन र अमेरिकामा नेपाली शैलीको मासु व्यवसायबारे गफ गर्छन्।

चन्द्रनिगाहापुरका राजु, जसलाई अमेरिकामा “Meat Doctor” भनेर चिनिन्छ, उनले आफ्नो फार्मलाई USDA सर्टिफाइड बनाउन कसरी सफल भए भन्ने कथा साझा गर्नुहुन्छ। अब उनको फार्मले अमेरिकाभर कुनै पनि राज्यमा कानुनी रूपमा मासु बिक्री गर्न सक्छ। उनले आफ्ना कास्ट्रेटेड बाख्राको मासु उच्च गुणस्तरको भएको दाबी गर्छन् र अनन्त नेपाललाई फार्ममा आएर आफ्नो व्यवसायको तरिका प्रत्यक्ष हेर्न चुनौती दिन्छन्!

अहिले उनले North क्यारोलाइना, न्यूयोर्क, ओहायो, भर्जिनिया, र म्यारिल्यान्डमा मासु डेलिभरी सेवा सुरु गरिसकेका छन्।

उनको सबभन्दा ठूलो सपनानेपाली शैलीको छालासहितको मासु उत्तर अमेरिका भर पुर्‍याउने!

यो रोचक व्लगको मजा लिनुहोस्! 🎥🍖🔥

तपाईंको आवाजलाई विश्वसम्म पुर्याउने एउटा प्लेटफर्म

NepalTalks अमेरिकाबाट संचालित डिजिटल प्ल्याटफर्म हो । जसले अमेरिकामा रहेका नेपाली समुदायका कथा, अनुभव, र सफलतालाई विश्वमाझ पुर्याउँछ। हाम्रो उद्देश्य हो:

  • सांस्कृतिक प्रवर्द्धन: नेपाली भाषा, कला, र संस्कृति जोगाउने।
  • व्यवसाय प्रवर्द्धन: नेपाली व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने।
  • समुदाय निर्माण: नेपाली डायस्पोराका आवाज र अनुभवहरूलाई जोड्ने।

हामी अन्तर्वार्तापोडकास्टभिडियो स्टोरीज, र लेखहरू मार्फत तपाईंको व्यवसायलाई प्रवर्द्धन गर्न प्रतिबद्ध छौं। मन परेमा लाइक, सेयर, र सब्सक्राइब गर्न नबिर्सनुहोस्।

Scroll to Top