पहिलो पटक घर किन्ने व्यक्तिहरूले के गर्ने?

fea9cf17-8663-4354-9ca0-90a64ac44147 (1)
Ananta Nepal

View Profile

यस विशेष एपिसोडमा, हाम्रा होस्ट अनन्त नेपालले अनुभवी मोर्गेज विशेषज्ञ अर्लिन सेर्रानो संग गहिरो कुराकानी गरेका छन्। अर्लिन सन् २००८ मा, जब अमेरिकामा ठूलो आर्थिक मन्दी (Great Recession) चलिरहेको थियो, त्यसबेला मोर्गेज उद्योगमा प्रवेश गर्नुभयो । त्यो समय हजारौं मानिसहरू जागिर गुमाउँदै थिए र त्यसको परिणामस्वरूप उनीहरू आफ्ना घरहरू पनि गुमाउँदै थिए।

तर अर्लिनले त्यस कठिन समयमा पनि धैर्यता राखेर आफ्नो क्षेत्रको अनुभवलाई निरन्तर अगाडी बढाइरहनुभयो । १५ वर्षको गहन अनुभव संगालेर सर्रानोले आफ्नो सपना पुरा गर्न लाग्नुभयो —एक इमानदार र भरपर्दो टिम सहितको महिला-स्वामित्वमा आधारित मोर्गेज ब्रोकरेज स्थापना गर्ने। आज, उहाँ घर किन्न चाहने परिवारहरू र घरधनीहरूलाई सहयोग गर्ने उद्धेश्यसहित काम गरिरहनुभएको छ । 

🔹 अर्लिनको प्रमुख विशेषता के हो?
कुशल व्यवस्थापकिय क्षमना, ग्राहकप्रतिको समान व्यवहार र ऋण प्रक्रियाको गहिरो ज्ञान नै सर्रानोलाई अरुभन्दा फरक स्थापित गर्ने गुणहरु हुन् ।

📌 यस भिडियोमा, अर्लिन सेर्रानोलाई सुन्नुहोस् जसले महत्वपूर्ण विषयहरूमा स्पष्ट जानकारी दिएकी छिन्:

पहिलो पटक घर किन्ने व्यक्तिहरूले के गर्ने?
क्रेडिट स्कोर र क्रेडिट हिस्ट्री किन महत्वपूर्ण छन्?
३८ मोर्गेजले किन ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिन्छ, उत्पादन बेच्न होइन?
Pre-approval किन आवश्यक छ र कसरी लिन सकिन्छ?
सर्रानोको मोर्गेज उद्योगमा प्रवेश गर्ने प्रेरणादायी यात्रा।

🏡 घर किन्ने सोच बनाउनु भएको छ? यो भिडियोले तपाईंलाई सही निर्णय लिन सहयोग गर्नेछ!
📢 भिडियो हेर्नुहोस्, लाइक गर्नुहोस्, शेयर गर्नुहोस्, र नेपाली समुदायको सफलता कथाहरू फैलाउनुहोस्! 🇳🇵 🇺🇸

तपाईंको आवाजलाई विश्वसम्म पुर्याउने एउटा प्लेटफर्म

NepalTalks अमेरिकाबाट संचालित डिजिटल प्ल्याटफर्म हो । जसले अमेरिकामा रहेका नेपाली समुदायका कथा, अनुभव, र सफलतालाई विश्वमाझ पुर्याउँछ। हाम्रो उद्देश्य हो:

  • सांस्कृतिक प्रवर्द्धन: नेपाली भाषा, कला, र संस्कृति जोगाउने।
  • व्यवसाय प्रवर्द्धन: नेपाली व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने।
  • समुदाय निर्माण: नेपाली डायस्पोराका आवाज र अनुभवहरूलाई जोड्ने।

हामी अन्तर्वार्तापोडकास्टभिडियो स्टोरीज, र लेखहरू मार्फत तपाईंको व्यवसायलाई प्रवर्द्धन गर्न प्रतिबद्ध छौं। मन परेमा लाइक, सेयर, र सब्सक्राइब गर्न नबिर्सनुहोस्।

Scroll to Top